close

यसरी दनदनी जल्दैछ पाथीभराको हरियो जंगल

यसरी दनदनी जल्दैछ पाथीभराको हरियो जंगल

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– नेपालकै शक्तिपीठ मानिने ताप्लेजुङमा अवस्थित पाथीभरा क्षेत्रको जंगलमा आगो डढेलो बाहिर हुँदै मन्दिर आसपास पुग्न लागेको छ । यसले मन्दिर क्षेत्र नै जोखिममा पारेको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।


‘आगो नियन्त्रण सम्भव छैन’, उनले भने । उनका अनुसार एकातर्फबाट बढेको आगो मन्दितर्फ बढ्दै गएको छ भने अर्कोतर्फको आगोले मन्दिर जाने बाटो भेट्न लागेको छ । बाटोको चौडाइ दुरी धेरै नभएकोले आगोले फावाखोला पछि फुरुम्बुतर्फको जंगल समेत भेट्ने जोखिम बढेको छ ।


हावाको बेग उकालो भागतर्फ केन्द्रित भएकोले आगो बढ्न अझ सघाउ पुगिरहेको उनले बताए । आगो पाथीभरा क्षेत्रको खानेपानी मुहानबाट उकालो निकै उकालो बढेर मन्दिर नजिक पुगेकोले मन्दिर क्षेत्र झनै जोखिममा परेको उनले बताए ।


जंगलमा रहेका हरिया रुखहरु समेत धमाधम बल्न थालेपछि आयो नियन्त्रण बाहिर गएको छ । पाथीभरा क्षेत्रमा पहिलेबाट नै पानीको अभाव छ । गुराँस सहितका रुखहरु भएको मन्दिर क्षेत्रमा गुराँसका काँचा रुख समेत बल्न थालेका छन् ।

 

‘अब उपाय नै रहेन’, डढेलो लागिरहेको क्षेत्रमै पत्रकार महासंघ ताप्लेजुङका सदस्य कमल बिष्टले भने । सुुख्खा मौसम छ, भुईमा भएको बस्तुदेखि रुख समेत बल्दै गएका छन्’ मन्दिर क्षेत्र जोखिममा परेको अवस्था सुनाउँदै उनले भने ।


आगो नियन्त्रण गर्न हेलिकोप्टर बाहेक अर्को कुनै विकल्प नभएको पाथीभरा क्षेत्र विकास समितिका सदस्य राजा मादेन(राजेन)ले जानकारी दिए । यहाँ पानीको समेत अभाव छ । जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगलागी भएको क्षेत्रतर्फ प्रस्थान गरेका बताए । नेपाली सेनाका गुल्मपति सेनानी निरजबिक्रम थापा मगर आफैं डढेलो लागेको क्षेत्रतर्फ गएका छन् ।

 

तस्बिर सौजन्यः कमल बिष्ट