close

डीपीआर बनेको दुई वर्षसम्म पनि अघि वढेन रंगशाला

२० लाख सकेपछि तैं चुप मैं चुप

डीपीआर बनेको दुई वर्षसम्म पनि अघि वढेन रंगशाला

२० लाख सकेपछि तैं चुप मैं चुप

Trulli
ADVERTISEMENT


बागलुङ– दुई वर्षअघि नै डीपीआर बनेको बागलुङ रंगशालाको काम अझै सुरु भएको छैन । बागलुङ नगरपालिका वडा नम्बर १ को खेल मैदान र आसपासको जमिनमा रंगाशाला बनाउने योजनासहित बनेको डीपीआरअनुसार काम सुरु नभएको हो ।

 

तत्कालीन जिल्ला खेलकुद विकास समितिको अगुवाइमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को बजेट परिचालन गरेर डीपीआर बनाइएको थियो ।


सुविधासम्पन्न रंगशाला, प्याराफिट, एथलेटिक्स र इन्डोर खेलका लागि बृहत् योजनासहितको डीपीआर बनेको थियो । डीपीआरका लागि समितिले २० लाख रुपैयाँ खर्चेको थियो ।

 

डीपीआरअनुसारको काम गर्न १५ करोड ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको दुई वर्ष बित्यो । ‘त्यतिबेलाको बजार मूल्य र जिल्ला दररेटमा राखिएको लागत हरेक वर्ष बढ्दै जान्छ,’ तत्कालीन समितिका अध्यक्ष धनबहादुर परियारले भने, ‘विकास समितिहरू खारेज भए, अब सबै जिम्मा नगरपालिकामा छ ।’


बागलुङ नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले नगरले स्वामित्व लिएर रंगाशाला निर्माण गर्ने बताए । ‘हाल भइरहेको मैदानबाहेक थप जमिन आवश्यक छ । त्यसको प्रक्रिया पु¥याउने र संघ तथा प्रदेशको बजेटको साझेदारीमा बनाउँछौं,’ सुवेदीले भने, ‘जमिनको व्यवस्थापनपछि काम सुरु हुनेछ ।’

 
समितिले बागलुङमै कभर्ड हल निर्माणका लागि ३० लाख, दुर्लेबेँसी खेल मैदान निर्माण गर्न २० लाख, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका लागि २० लाख र बांगेचौर खेल मैदान सम्याउन २० लाख रुपैयाँ बजेट लगानी गरेको थियो ।


लगानी हस्तान्तरणपछि समिति खारेजीमा परेको हो । डीपीआरअनुसारको कवर्भ हल बने ‘इनडोर’ खेल सञ्चालन हुनेछन् भने मैदानमा क्रिकेट, फुटबल र अन्य खेलको अभ्यास र राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिन्छ ।
 

तर, गत वर्षदेखि नै सानातिना योजनामा मात्रै बजेट बाँडिएकाले ती योजना पनि पुरा नभएको परियारले बताए । ‘सानातिना योजनामा कामै भएन, ठूलो योजना सुरु नै भएनन्,’ उनले भने, ‘अझै पनि रंगाशाला निर्माणमा चासो दिने काम भएको छैन ।’


बागलुङ नगरपालिकाले पनि पटक–पटक रंगाशाला निर्माणबारे नीति तथा कार्यक्रममा पनि समावेश गरेको छ । प्रदेश वा संघीय बजेट परिचालन गर्ने विषयमा भने नगरपालिकाबाट ठोस पहल नभएको खेल क्षेत्रका अगुवाहरू बताउँछन् ।


दुई वर्षअघि ढोरपाटन नगरपालिका वडा नम्बर २ र निसीखोला गाउ“पालिकाको वडा नम्बर २ को भूभाग समेटिएको अर्नाकोटमा विमानस्थल निर्माणका लागि डीपीआर बनाए पनि अहिलेसम्म निर्माणको सुरसार छैन । बुर्तिवाङदेखि अर्नाकोटसम्मको ५ किमि सडक स्तरीय बनाउन नगरपालिकाले लगानी गरे पनि विमानस्थलबारे चासो दिएको छैन ।


नागरिक उड्डयन प्राधिकरणले समेत यो फाइल थन्क्याएकाले काम अगाडि नबढेको स्थानीयको गुनासो छ । यहाँको दुई सय ७९ रोपनी जमिन अधिग्रहण गर्नुपर्ने अध्ययनले देखाएको छ । एयरपोर्ट सञ्चालन गर्न झन्डै एक सय घर सार्नुपर्छ ।


स्थानीयले आवादीसहित केही झाडी भएको खण्ड फा“डेरै भए पनि विमानस्थल बनाउन दिन सक्रियता देखाएका थिए । राजनीतिक दलका नेताहरूले पनि चुनावताका विमानस्थलको नारा लगाएका थिए । तर, अहिलेसम्म काम हुने लक्षण नदेखिएको स्थानीय द्रोण कुँवरले बताए ।