close

जुम्लाको यातायात व्यवस्था कार्यालय सिल

जुम्लाको यातायात व्यवस्था कार्यालय सिल

Trulli
ADVERTISEMENT

जुम्ला– यातायात व्यवस्था सेवा कार्यालय जुम्ला तीन दिनका लागि सिल गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना परीक्षण गर्दा एक जना कर्मचारीमा संक्रमण देखिएपछि कार्यालय सिल गरिएको हो ।


यातायात व्यवस्था कार्यालयका नायब सुब्बा लोकबहादुर महतका अनुसार कार्यालयका सबै कर्मचारीको कन्ट्याक टे«सिङका लागि शुक्रबारदेखि आइतबारसम्म कार्यालय सिल गरिएको हो ।


जुम्लामा ११ हजार पाँच सय ४८ जनामा गरिएको परीक्षणमा चार सय ५५ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये चार सय ४० जना निको भएका छन् भने अझै १५ जना सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।