close

फक्ताङलुङले तोक्यो संस्थागत विद्यालयको दर्ता शुल्क

फक्ताङलुङले तोक्यो संस्थागत विद्यालयको दर्ता शुल्क

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले संस्थागत (निजी) शिक्षण संस्था दर्ता, सञ्चालन अनुमति एवं अन्य कामका लागि सिफारिस दस्तुर निर्धारण गरेको छ । 

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठका अनुसार पूर्वप्राथमिक तह र कक्षा १ को अनुमतिका लागि एक सय रुपैयाँ शुल्क निर्धारण गरेको छ । कक्षा थप अनुमतिका लागि ५ कक्षासम्मलाई दुई सय, ६-८ सम्मलाई तीन सय, कक्षा ९-१० लाई पाँच सय र कक्षा ११-१२ लाई एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।

 

कक्षा ११-१२ को विषय थप अनुमतिका लागि अनुमति माग फारम शुल्क, प्राविधिक शिक्षण संस्था शुल्क र स्तरवृद्धि सिफारिस शुल्क प्रत्येकका लागि एक-एक हजार रुपैयाँ कायम गरिएको छ । प्रमाणपत्र सिफारिस तथा संशोधन शुल्क र प्रमाणपत्र प्रतिलिपि शुल्क प्रत्येकका लागि साढे दुई सय रुपैयाँ कायम गरिएको छ । 

 

फक्ताङलुङको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न विधयेकमार्फत यस्तो शुल्क असुली प्रक्रिया व्यवस्था गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयप्रसाद रिजालले जानकारी दिए ।

 

फक्ताङलुङको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न विधयेकको अनुसूची ५ मा संस्थागत शिक्षण संस्था दर्ता, सञ्चालन, अनुमति एवं अन्य कामका लागि सिफारिस दस्तुर निर्धारण गरिएको छ ।