close

म जन्मँदा

Trulli
ADVERTISEMENT

म जन्मँदा हाम्रो बाबा रिसाएका थिए रे
जहिले छोरी जहिले छोरी भन्दै जंगिएका थिए रे 

 

बाबाआमाकी म पाँचौं छोरी परेछु
छोरी भएर आखिर मैले के पाप गरेछु 


म जन्मँदा हाम्रा बाबा कान्छी ल्याउँछु भन्थे रे
आमाले ल्याउनु न त भन्दा कपाल कन्याइ बस्थे रे


बाबा सधै‌ आमालाई गाली गर्नुहुन्छ
कुनामा बसी आमा सधै रुनुहुन्छ 


बाबा भन्नुहुन्छ, स्वर्ग जाने बाटो अझै खुलेको छैन


अब मेरो इज्जत यो समाजमा केही रहेन
आखिर यो सबै त हुन्छ उहाँकै कारणले
तैपनि यति कुरा किन बुझ्नुहुन्न उहाँले

 

आऊ साथी उठौं अब
सुत्ने बेला सकियो अब


चेतना हामीले जगाउनैपर्छ
छोरीले पनि केही गर्न सक्छन् भन्ने देखाउनुपर्छ ।

 

प्रियंका खतिवडा