close

काठमाडौँमा राजनीतिक गाईजात्रा, स्थानीय तह हिउँदे सभामा व्यस्त

काठमाडौँमा राजनीतिक गाईजात्रा, स्थानीय तह हिउँदे सभामा व्यस्त

Trulli
ADVERTISEMENT

जुम्ला– गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटनपछि संघीय राजधानीमा राजनीतिक जात्रा चलिरहेको बेला जुम्लाका स्थानीय तहका जनप्रतिनिधि हिउँदे गाउँ तथा नगरसभामा व्यस्त छन् ।


आठ स्थानीय तहमध्ये चन्दननाथ नगरपालिका र तिला गाउँपालिकाले हिउँदे गाउँ तथा नगरसभाबाट विभिन्न कार्यविधि र ऐन नियम पास गरेका छन् ।

 

चन्दननाथ नगरपालिकाले ७औँ हिउँदे नगरसभाबाट स्वास्थ्य ऐन, स्थानीय शिक्षा नीति, करार कर्मचारी भर्ना कार्यविधि, बसपार्क सञ्चालन कार्यविधि, एम्बुलेन सञ्चालन कार्यविधि पास गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईले बताए ।

 

त्यसैगरी कोरोना भाइरस प्रतिकार्य योजना र सरसफाई कार्ययोजना पनि हिउँदे नगरसफाबाट पारित गरिएको उनको भनाइ छ ।


यस्तै तिला गाउँपालिकाले पनि हिउँदे गाउँसभाबाट विभिन्न ऐन नियम तथा कार्यविधि पारित गरेको छ । घरजग्गा जाँच पास ऐन २०७७, वातावरण संरक्षण तथा संवद्र्धन ऐन २०७७ र खानीपानी मुहान दर्ता ऐन २०७७ हिउँदे गाउँसभाबाट पारित भएको गाउँपालिका कम्प्यूटर अपरेटर बखत हमालले बताए । त्यसैगरी वडाको सीमा हेरफेर तथा केन्द्र निर्धारणलगायत विशेष प्रस्ताव पारित गर्दै गाउँसभा सम्पन्न भएको उनको भनाइ छ ।