close

मेरिङदेनमा किसान लक्षित पकेट क्षेत्र, तरकारी तथा खाद्यबाली प्राथमिकतामा 

मेरिङदेनमा किसान लक्षित पकेट क्षेत्र, तरकारी तथा खाद्यबाली प्राथमिकतामा 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा तरकारी, फलफूल, च्याउ र मौरी खेती पकेट विकास कार्यक्रम लागू भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेका अनुसार आलु खेती, फलफूल, खाद्यान्न बाली, च्याउ, प्लास्टिक घरमा खेती र मौरीपालनका लागि पकेट विकास कार्यक्रम लागू भएको हो ।

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत नेपाल सरकारको ससर्त वित्तीय हस्तान्तरण कार्यक्रममार्फत किसान लक्षित पकेट विकास कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ । 

 

प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेका अनुसार आलु र तरकारी बाली पाँच-पाँच हेक्टर अर्थात् ९८.३-९८.३ हेक्टरमा लगाउने गरी प्रस्ताव माग गरिएको छ ।

 

खाद्यान्न बाली १० हेक्टर अर्थात् १९६.६ हेक्टरमा, कन्ये÷गोब्रे च्याउ एक हजार किलोग्रााम, ६ हजार वर्गमिटरका लागि प्लास्टिक घरमा खेती लगाउने योजना र दुई सयवटा मौरी घारका लागि किसानलाई गाउँपालिकाले सहयोग गर्नेछ । 


यो योजनामा इच्छुक समूह, सहकारी, जल/वन उपभोक्ता समिति र कृषक फर्मले दरखास्त दिन सक्नेछन् । त्यसका लागि संस्था सञ्चालन गर्ने व्यक्तिले नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, सम्बन्धित निकायमा कृषि समूह, सहकारी, जल÷वन उपभोक्ता समिति र कृषक फर्महरूको दर्ता तथा नवीकरणको प्रतिलिपि, वडा कार्यालयको सिफारिस अनिवार्य गरेको छ ।

 

सहकारीको हकमा निर्णयको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थानको स्वामित्व जग्गाधनी प्रमाणपुर्जा र भाडाको हकमा भए कम्तीमा पाँच वर्षको सम्झौतानामाको प्रतिलिपि संलग्न राख्नुपर्नेछ ।