close

संगठित हुँदै मोबाइल व्यवसायी, चारवटा प्रदेशमा बन्यो संगठन

संगठित हुँदै मोबाइल व्यवसायी, चारवटा प्रदेशमा बन्यो संगठन

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल मोबाइल व्यवसायी महासंघले देशभरका मोवाइल व्यवायीहरुलाइ संगठित गर्ने अभियान थालेको छ ।

 

मोवाइल व्यवसायीको हकहितका लागि गठन भएको महासंघले धमाधम प्रदेश, जिल्ला र क्षेत्रिय समिति निर्माण थालेको छ ।


संगठन विस्तारका लागि देश दौडाहामा रहेको महासंघको टोलीले बागमती, गण्डकी, कर्णाली र प्रदेश ५ मा प्रदेश समिति गठन गरिसकेको महासंघका अध्यक्ष भरत भट्टराईले जानकारी दिए ।


नेपालभरका मोवाइल व्यवसायीलाई एकठाउँमा ल्याउन यो प्रयास थालिएको भट्टराई बताउँछन् । उनका अनुसार मोवाइल बिक्रेताहरुले राज्यलाई उल्लेख्य कर तिरेका छन् । तर व्यवसायीहरु स.गठित हुन नसक्दा राज्यवाट पाउनुपर्ने सेवा सुविधाबाट मोवाइल विक्रेताहरु वञ्चित छन् । महासंघले देशव्यापी नेटवर्क निर्माण गरेर व्यवसायको प्रर्वद्धनसँगै राज्यवाट प्राप्त गनुृपर्ने सुविधामा संगठित रुपमा प्रयास थाल्ने अध्यक्ष भट्टराई बताउँछन् ।

 

भट्टराईको अध्यक्षतामा गठीत महासंघको तदर्थ समितिमा , वरिष्ठ उपाध्यक्ष सुरेश प्रसाई, उपाध्यक्ष अर्जुन चालिसे, महासचिव रमेश घिमिरे, सचिव डिल्लीबहादुर तामाङ, कोषाध्यक्ष सन्तोष घिमिरे, सह–कोषाध्यक्ष श्याम नगरकोटी र वरिष्ठ सदस्य दीपक बोगटी छन् । १७ सदस्यीय तदर्थ समितिलाई प्रदेश भेला सकिएलगत्तै पूर्णता दिइने उनले जानकारी दिए । देशभर पाँच हजार भन्दा बढी मोबाइल व्यवसायी छन् ।