close

१२ घण्टाका २० खबरः सिंहदरवारका शक्ति सडकमा, ओडारका नागरिक घरमा

१२ घण्टाका २० खबरः सिंहदरवारका शक्ति सडकमा, ओडारका नागरिक घरमा

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका २० खबर

 

१) गुल्मीमा ना५ख ३२०४ नम्बरको ट्रकको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु, मृत्यु हुनेमा रेसुङ्गा नगरपालिकाका टोपबहादुर रजाली र बालकृष्ण भुजेल ।

 

२) ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा किसान लक्षित पकेट क्षेत्र, तरकारी, फलफूल, च्याउ र मौरी पालन पकेट विकास कार्यक्रम लागू ।

 

३) ओखलढुंगाको मानेभज्याङ गाउँपालिकाले ओडारमा बस्दै आएकी एक महिलालाई बनाइदियो घर, वडा नम्बर– ७ मा ढुंगाको ओडारभित्र बस्दै आएकी प्रेमकुमारी माझी घरमा बस्न पाउँदा दंग ।

 

४) नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि झापा गौरीगंजका इलाका प्रशासन कार्यालय प्रमुख धनञ्जयकुमार साह प्रहरी नियन्त्रणमा, प्रहरीले सुरु ग¥यो अनुसन्धान ।

 

५) कारागार कार्यालय चितवनबाट फरार थुनुवा पक्राउ, पक्राउ पर्नेमा कालिका नगरपालिका– २ का ४५ वर्षीय रेशमलाल श्रेष्ठ ।

 

६) सल्यानमा जनता आवास कार्यक्रममार्फत ५० घर निर्माण हुने, पूर्वाधार विकास कार्यालयमार्फत १० स्थानीय तहमा प्रत्येक पाँच÷पाँच घर निर्माण गरिने ।

 

७) दुर्लभ सालकसहित सिरहाको गोलबजार नगरपालिका– २ बाट प्रहरीद्वारा मोटरसाइकल बरामद, तस्कर फरार, खोजी कार्य जारी ।

 

८) रेसुङ्गा नगरपालिकाले तम्घासमा संचालन गरेको हाटबजार नौ महिनापछि संचालन, बजार खुलेपछि उपभोक्तालाई सहज ।

 

९) म्याग्दीको धवलागिरि गाउँपालिकाद्वारा वडामै पुगेर योजना सम्झौता, दुर्गम क्षेत्रका स्थानीयले घर नजिकै पाए सेवा ।

 

१०) खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा दुईवटा उपस्वास्थ्यचौकीलाई स्वास्थ्यचौकीमा स्तरोन्नति, बर्थिङ सेन्टरको भवनबाट पनि सेवा सुरु ।

 

११) ताप्लेजुङको पाथीभरा मन्दिर आसपासको वन क्षेत्रमा शनिबारदेखि लागेको आगो अझै नियन्त्रणमा आएन, बोट बिरुवा जलेर नष्ट ।

 

१२) रौतहटको देवाही गोनाही नगरपालिका– ४ दोहर टोलमा बिग्रिएको ट्र्याक्टर मर्मत गर्ने क्रममा च्यापिँदा चालक गजाधर रायको मृत्यु, घटनामा परी अन्य एक जना घाइते ।

 

१३) बालअधिकारका लागि राष्ट्रिय अभियानका अधिकारकर्मीले राष्ट्रिय बालअधिकार परिषद् ललितपुरमा लगाए ताला, छ बुँदे माग सम्बोधन गर्न दबाब ।

 

१४) चितवनको भरतपुर महानगरपालिका– १२ को बाइपास रोडको चार किलोमिटर सडक विस्तारको काम चार वर्षसम्म पनि निर्माण कम्पनीले नसकेपछि स्थानीयवासी आन्दोलित, एक घण्टा बाइपास सडकखण्ड बन्द ।

 

१५) ओली समूहले लगाएको ताला प्रचण्ड–नेपाल समूहले तोडेपछि नेपाल कम्युनिस्ट पार्टी कार्यकर्ताबीच कंचनपुरको जिल्ला पार्टी कार्यालयभित्रै झडप, पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन ।

 

१६) प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध ३७ सांसदको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा ।

 

१७) मोरङको लेटाङ नगरपालिकाद्वारा मकै स्रोत केन्द्र समितिलाई विभिन्न कृषि सामग्री हस्तान्तरण, अब कृषकलाई प्राङ्गारिक तरकारी खेती गर्न सहज हुने ।

 

१८) डोल्पामा ल्यान्डलाइन, इन्टरनेट तथा मोबाइल टावरले राम्रोसँग काम नगर्दा नागरिक सास्ती खेप्न बाध्य, एक मिनेट कुरा गर्न पनि घण्टौँ कुर्नुपर्ने ।

 

१९) म्याग्दीको रघुगंगा गाउँपालिकाले प्रशासकीय र अस्पताल भवन निर्माण गर्ने, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार ।

 

२०) भक्तपुरको कौशलटार चोकबाट मृगसहित काभ्रे भुम्लु गाउँपालिका– ९ बस्ने ३६ वर्षीय रामकृष्ण थापा पक्राउ ।