close

कारागारभित्रै इलम सिक्दै बन्दी

कारागारभित्रै इलम सिक्दै बन्दी

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्ला कारागारका कैदीले जेलभित्रै सीपमूलक तालिम लिएर आम्दानी गर्न गर्न थालेका छन् । कैद भुक्तानपछि जीविकोपार्जन सहज गर्ने र व्यावसायिक बन्ने उद्देश्यले उनीहरूलाई सीप सिकाउन थालिएको हो ।

 
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले ४५ दिने हाते होजियारी तालिम संचालन गरेको छ । विभिन्न घटनाका २५ जना कैदीलाई स्वरोजगार बनाउन हाते होजियारी तालिम दिइएको हो । 

 

होजियारीका लागि दुई प्रशिक्षक व्यवस्था गरी १२ पुसदेखि तालिम सुरु गरिएको निमित्त कार्यालय प्रमुख पदमप्रसाद उपाध्यायले बताए । उनले भने, ‘कैदीलाई स्वरोजगार बनाउने उद्देश्यले ४५ दिने हाते होजियारी तालिम संचालन गरेका हौँ । तालिमपछि सहभागीलाई ९५ प्रतिशत हाजिरीको आधारमा प्रमाणपत्र बाँड्छौँ ।’

 

कारागारका कैदी नाइके खाम्बा रोकाया यहाँका कैदीबन्दीलाई सीप सिकाएर अतिरिक्त आम्दानीको बाटो खुलेको बताउँछन् । उनले भने, ‘कैद भुक्तानसँगै यहाँका कैदीबन्दी घर फर्केपछि स्वरोजगार बनेर जीविकोपार्जनमा टेवा पुग्नेछ ।’

 

जुम्लामा बलात्कार मुद्दाका कैदी बन्दी बढी छन् । यो घटनामा संलग्न २२ जना कैदी रहेका छन् भने १६ जना बन्दी गरी ३८ कैदीबन्दी रहेको कारागार जुम्लाका निमित्त जेलर धनकृष्ण खत्रीले बताए ।

 

त्यसैगरी कर्तव्य ज्यान मुद्दाका १८ जना र १५ जना अन्यका गरी ३६ जना कैदीबन्दी रहेका छन् । ज्यान मार्ने उद्योगमा एक जना कैदी, चार जना बन्दी, सवारी ज्यान मुद्दामा एक जना कैदी र दुई जना बन्दी, डाँका-चोरीमा चार जना कैदी, बहुविवाहमा पाँच जना कैदी र तीन जना बन्दी कारागारमा छन् । 

 

यस्तै, लागुऔषधका सात जना कैदी र सात जना बन्दी, ठगीमा एक जना कैदी, आत्महत्या दुरुत्साहनमा एक जना, हातहतियार खरखजानामा एक जना, संरक्षित नदीजन्यमा दुई जना बन्दी र पुरातात्त्विक चोरीमा तीन जना बन्दी गरी तीन जना महिलासहित १०९ जना कैदीबन्दी रहेका छन् ।