close

ताप्लेजुङमा कांग्रेसकाे गर्जन : ‘यो सरकारको पाराले, दुःख पाए साराले’

ताप्लेजुङमा कांग्रेसकाे गर्जन : ‘यो सरकारको पाराले, दुःख पाए साराले’

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस ताप्लेजुङले सदरमुकाम फुङ्लिङमा प्रदर्शन गरेको छ । पार्टी कार्यालयबाट निस्किएको र्‍याली नगर परिक्रमापछि वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत थियो ।

 

सभालाई नेपाली कांग्रेसका महासमिति सदस्यहरू केशवप्रसाद दाहाल, गजेन्द्र तुम्याहाङ, प्रदेशसभाका सांसद प्रतापप्रकाश हाङ्गाम, जिल्ला उपभापति मणिप्रसाद लाबुङ, सचिव छविरमण गुरुङ, तरुण दल, नेपाल महिला संघ र नेपाल विद्यार्थी संघसहितका भ्रातृ संगठनका अगुवाहरूले सम्बोधन गरेका थिए ।


‘यो सरकारको पाराले, दुःख पायो साराले’, ‘अधिनायकवाद मान्दैनौँ’लगायका नारा लगाउँदै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय प्रतिगामी भएको बताएका थिए । 


आइतबार जनता समाजवादी पार्टीले फुङ्लिङमा विरोध प्रदर्शन गरेको थियो भने मंगलबार नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को प्रचण्ड-माधव खेमाले विरोध प्रदर्शन गर्ने कार्यक्रम छ ।