close

पालिकामा आज: बझाङ विमानस्थलमा भेटियाे अवैध यार्सा, वडा कार्यालयमा किन लाग्याे ताला ? (भिडियाे खबर)

पालिकामा आज: बझाङ विमानस्थलमा भेटियाे अवैध यार्सा, वडा कार्यालयमा किन लाग्याे ताला ? (भिडियाे खबर)

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका २० खबर

 

१)  कैलालीको धनगढी उपमहानगरपालिका- १२ स्थित जुगेडा अस्थायी प्रहरी पोस्टमा कार्यरत दुई जना प्रहरी हत्याका मुख्य योजनाकार शुकदेव राना पक्राउ, पक्राउ परेका रानालाई प्रहरीले गर्यो‍ सार्वजनिक ।


२) डोटीको जोरायल, केआई सिंह गाउँपालिका र शिखर नगरपालिकामा विद्युतीय सुशासन प्रविधि जडान, अब पालिकाको सुशासन प्रवद्र्वनमा सहयोग पुग्ने ।


३) सिन्धुलीको कमलामाई नगरपालिका- २ को वडा कार्यालयमा स्थानीयले लगाए ताला, वडा अध्यक्ष नवराज थिङको कार्यशैलीप्रति स्थानीय असन्तुष्ट ।


४) दीर्घ रोगीलाई निशुःल्क स्वास्थ्य बीमा कार्यक्रममा जोड्न तेह्रथुमको छथर गाउँपालिकाले सुरु गर्यो‍ २० दिने अभियान, २५० दीर्घ रोगीहरूको स्वास्थ्य बीमा निःशुल्क गर्ने ।


५) ताप्लेजुङको धार्मिक स्थल पाथीभरा क्षेत्रको वनमा केही दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएन, आगोबाट पाथीभरा मन्दिर जोगाउन हेलिकोप्टरबाट फ्याँकियो पानी ।


६) खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, सानिमा बैंकसँग चुइचुम्माको सम्झौता ।


७) भक्तपुरको मध्यपुर थिमि नगरपालिकालाई उपत्यकाको आकर्षक पर्यटकीय गन्तव्य बनाउने नगरपालिकाद्वारा ‘गन्तव्य मध्यपुर अभियान’ सुरु, आउँदो शुक्रबार सम्पदा पदयात्रा आयोजना गर्ने ।


८) गुल्मीमा ना५ख ३२०४ नम्बरको ट्रकको ठक्करबाट मृत्यु भएका दुई जना युवाका परिवार र आफन्तले दोषीलाई कारबाहीको प्रक्रिया अगाडि नबढेसम्म शव बुझ्न मानेनन्, जिल्ला प्रहरी कार्यालय घेराउ ।


९) काठमाडौंको चन्द्रागिरि नगरपालिकाले पिप्लामोड-नागढुंगा-सतुङ्गल-कलङ्की क्षेत्रमा ५०० सडक बत्ती जडान गर्ने, सडक हुने भयो झलमल्ल ।


१०) लमजुङको बेँसीशहर नगरपालिका- २ मा अज्ञात समूहद्वारा छुट्टाछुट्टै दुई मोटरसाइकल र दुईवटा परालका टौवामा आगजनी, घटनामा संलग्नहरूको खोजी कार्य जारी ।


११) म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि चारवटा आयोजनाले पाए निर्माणको अनुमति, खेर गइरहेको पानी पैसामा रूपान्तर हुने स्थानीयको अपेक्षा ।


१२) काठमाडौंको कीर्तिपुर नगरपालिका- २ मैत्री नगरमा मैत्री नगर सहरी स्वास्थ्य केन्द्र स्थापना, नगरप्रमुख रमेश महर्जनले गरे स्वास्थ्य केन्द्रको उद्घाटन ।


१३) वैदेशिक रोजगारमा आवद्ध महिलालाई वित्तीय साक्षरताको ज्ञान बाँड्दै खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, बुइपाका महिलालाई प्लास्टिक टनेल वितरण ।


१४) राइड सेयरिङ एप पठाओका असन्तुष्ट चालकहरूले काठमाडौंमा रहेको कम्पनीको कार्यालयमा गरे तोडफोड, कमिसन घटाउन माग गर्दै चालक आन्दोलित ।


१५) बझाङ विमानस्थलबाट अवैध यार्सागुम्बासहित हुम्लाका एक युवक पक्राउ, पक्राउ पर्नेमा हुम्लाको नाम्खा गाउँपालिका- २ का ४३ वर्षीय छिटुप तामाङ ।

 

१६) काभ्रेको रोशी खोला नियन्त्रण गुरुयोजना निर्माणबारे नमोबुद्व नगरपालिका र परामर्शदाताबीच छलफल सम्पन्न, अब निर्माणको काम अघि बढाइने ।


१७) सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता अनलाइनबाट गर्न पर्वतको महाशिला गाउँपालिकाद्वारा प्रत्येक वडा कार्यालयलाई विद्युतीय सामग्री हस्तान्तरण, अब सेवाग्राहीलाई हुने भयो सहज ।


१८) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका- ११ डडुवामा रहेको डडुवा आधारभूत विद्यालयको भवन निर्माण सम्पन्न, नगरप्रमुख डम्बर अर्यालले गरे भवनको उद्घाटन ।


१९) गोरखाको धार्चे गाउँपालिकाले पालिका भित्र अवतरण गर्ने हेलिकप्टरसँग अवतरण शुल्क असुल्ने, नवौं हिउँदे गाउँसभाले गर्‍यो यस्तो निर्णय ।


२०) तनहुँको ऋषिङ गाउँपालिकाले पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न २७ पुसमा म्याराथन प्रतियोगिता आयोजना गर्ने ।