close

सुदूरपश्चिमका ओली पक्षका एक मात्र मन्त्री बोहरा पदमुक्त

सुदूरपश्चिमका ओली पक्षका एक मात्र मन्त्री बोहरा पदमुक्त

Trulli
ADVERTISEMENT

कैलाली- प्रतिनिधिसभा विघटनको असर प्रदेशमा समेत देखिन थालेको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ । आज मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई पदमुक्त गरेका हुन् ।

 

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको बताए ।

 

नेकपामा मुख्यमन्त्री भट्ट प्रचण्ड-नेपाल तथा बोहरा केपी ओली खेमाका हुन् । बोहरा सुदूरपश्चिम सरकारमा ओली पक्षका एक्ला मन्त्री थिए ।