close

दिनभरका २० खबर: सम्झौताले लग्यो ज्यान, खोलामा छैन कसैको ध्यान (भिडियाे खबर)

दिनभरका २० खबर: सम्झौताले लग्यो ज्यान, खोलामा छैन कसैको ध्यान (भिडियाे खबर)

ADVERTISEMENT

आज १४ पुस ।  मन्त्री बर्खास्तदेखि सामाजिक सुरक्षा भत्तामा अनियमितता गर्नेसम्मका घटना भए आज । कुन पालिकामा कहाँ के भए ? कसले के भने ? २० खबर


१)  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरे भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई बर्खास्त, प्रदेशसभामा प्रचण्ड–नेपाल समूहको स्पष्ट बहुमत ।

 

२) नदी नियन्त्रणमा जुट्दै चितवनको खैरहनी नगरपालिका, राप्तीसहितको नदी तथा खोलामा तटबन्ध र स्पर निर्माण ।

 

३) खोटाङको साकेला गाउँपालिकामा भएको सामाजिक सुरक्षा भत्ता अनियमिततासम्बन्धी फाइल पुग्यो अख्तियारमा, एकै आर्थिक वर्षमा ८७ लाख रुपैयाँभन्दा बढी सामाजिक सुरक्षा भत्ता चुहावट भएको प्रतिवेदन सार्वजनिक ।

 

४) ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रको जंगलमा छ दिनदेखि लागेको डढेलो कंचनजंघा संरक्षण क्षेत्रमा प्रवेश, आगो नियन्त्रणमा ल्याउन स्थानीय र प्रहरी प्रशासनले अझै सकेनन् ।


५) दाङको घोराही उपमहानगरपालिकाको आठौँ नगरसभा सुरु, नगर कार्यपालिकाको १२ वटा बैठकले गरेका निर्णय र दुईवटा ऐन तथा नियमावली प्रस्तुत ।


६) ललितपुरको बागमती गाउँपालिकाले महाँकाल खोल्चामा स्थापना गर्‍यो कोभिड अस्थायी अस्पताल, अब गाउँवासीले उपचार सहजै पाउने ।


७) कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको गौतम बुद्ध माविलाई नमुना विद्यालयको रूपमा विकास गरिने, नगरपालिका र विद्यालयबीच सम्झौता ।


८) संस्थागत विद्यालयले आफूखुसी चर्को शुल्क असुल्ने गरेपछि ललितपुर महानगरपालिकाले निर्धारण ग¥यो शुल्क शीर्षक, शिक्षा समितिको बैठकले गर्‍यो यस्तो निर्णय ।


९) उखुको बक्यौता लिन संघर्ष गर्दागर्दै सर्लाहीका उखु किसान नारायण रायको हृदयघातका कारण गयो काठमाडौंमै ज्यान, राजनीतिक अस्थिरताका कारण यस वर्ष पनि किसान रित्तो हात घर फर्किन बाध्य ।


१०) युवाहरूलाई सहुलियत कर्जा प्रवाहको व्यवस्था गरी उद्यमशील बनाउने अभियानमा जुट्यो काभ्रेको नमोबुद्व नगरपालिका, सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम भकुन्डेबेँसीमा सुरु ।


११) ओखलढुंगाको विभिन्न स्थानीय तहका पाँच विद्यालय ‘एक विद्यालय, एक नर्स’ कार्यक्रममा छनोट, अब विद्यालयमै पाउने भए विद्यार्थीले स्वास्थ्य उपचार ।


१२) ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पालिकामा दर्ता नभएका हेभी इक्विपमेन्टलाई काम नदिने, इक्विपमेन्ट संचालकलाई सूचीकृत हुन गाउँपालिकाले गर्‍यो आह्वान ।


१३) झापाको भद्रपुर नगरपालिकाका सामुदायिक विद्यालयहरूको आर्थिक वर्ष २०७६÷०७७ को लेखापरीक्षण अनिवार्य गर्नुपर्ने, शिक्षा समितिले तोक्यो लेखापरीक्षक  ।

 

१४) धादिङको गजुरी गाउँपालिकाका विभिन्न वस्तीका लागि संचार सुविधा पु¥याउन जुटे जनप्रतिनिधि, नेपाल टेलिकमको टावर राख्न सरोकारवालासहितको टोली स्थलगत अनुगमनमा ।


१५) सर्लाहीको लालबन्दी नगरपालिकाको लखन्देही खोलामा स्थानीयको विरोधका बाबजुद अवैध उत्खनन रोकिएन, गजुरमुखी निर्माण कम्पनीले अटेर गर्दै खोला उत्खनन गर्दा आधा दर्जन गाउँ नै खतरामा ।


१६) म्याग्दीको धवलागिरि गाउँपालिका– २ का तीनवटा वस्तीको विवादले सडक निर्माण योजना अलपत्र, लुलाङ र गुर्जावासीको गाडी चढ्ने रहर अधुरै ।


१७) बागमती प्रदेश लोकसेवा आयोगद्वारा कर्मचारी भर्ना आह्वान, प्रदेश र स्थानीय तहका विभिन्न पदमा विज्ञापन ।


१८) जंगली हात्तीको त्रासले सप्तरीको सुरुङ्गा नगरपालिका क्षेत्रका स्थानीय रातभर जाग्रम बस्न बाध्य, हात्ती नियन्त्रणका लागि सरोकारवाला मौन ।


१९) अरूको खाताको रकम आफ्नोमा सार्ने एक युवा भक्तपुरबाट पक्राउ, पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका– ७ का २१ वर्षीय अनिल थापा ।


२०) र, जाडो बढेसँगै काभ्रेको नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधि सिरक र पछ्यौरा बोकेर ज्येष्ठ नागरिकको घरघर पुग्न थाले ।