close

कुमारी बैंकले एकै दिन खोल्यो आठ शाखा 

कुमारी बैंकले एकै दिन खोल्यो आठ शाखा 

Trulli
ADVERTISEMENT

काठमाडौं- कुमारी बैंकले थप आठ नयाँ शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । बैंकले काठमाडौं उपत्यकाका केही स्थान र बाहिर गरी थप आठ शाखा विस्तार गरेको हो ।

 

बैंकले काठमाडाैँस्थित खुसिबु, पानीपोखरी, मालिगाउँ, नरेफाँट, नयाँपाटी, बाफल, मैतिदेवी र उपत्यकाबाहिर मोरङको बेलबारीमा शाखा विस्तार गरेको छ ।

 

ती क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रूपमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले शाखा विस्तार गरिएको बैंकले बताएको छ । बैंकले आगामी दिनमा थप शाखा विस्तार गरिने जनाएको छ ।

 

हाल बैंकले हाल थपिएकासहित १ सय ९५ शाखा, १ सय ५२ एटीएम तथा १३ वटा एक्सटेन्सन काउन्टर र २३ वटा शाखारहित बैंकिङमार्पmत बैंकिङ सेवा दिँदै आएको छ ।