close

मेयरका बाको निधनमा नगरपालिकाभर सार्वजनिक विदा

मेयरका बाको निधनमा नगरपालिकाभर सार्वजनिक विदा

Trulli
ADVERTISEMENT

झापा- झापाको एउटा स्थानीय तहका प्रमुखले भने आफ्ना बाको निधनमा सार्वजनिक बिदा घोषणा गराएका छन् ।


झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलकका बुबाको निधन भएपछि नगरपालिकाले शोक मनाउन आज नगरमा सार्वजनिक बिदा दिएको छ ।


पोखरेलका बुबा गणेशप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा १५ पुसमा निधन भएको थियो । उनको निधनको शोकमा नगरपालिकाले आज (बिहीबार) नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जारी गरेको सार्वजनिक सूचनामा नगरपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिइएको जनाइएको छ । नगरप्रमुखका बुबा पूर्वप्रधानपञ्च हुन् ।