close

कावासोतीका भूमिहीन खोज्दै गाउँको सरकार

कावासोतीका भूमिहीन खोज्दै गाउँको सरकार

Trulli
ADVERTISEMENT

नवलपरासी– पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सुरु गरेको छ ।

 

नगरभित्र रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा वितरण गर्न लगत संकलन सुरु गरिएको कावासोती नगर उपप्रमुख प्रेमशंकर मर्दनियाले बताए । ‘अहिले नगरका वडा–वडामा गएर लगत संकलन सुरु भइसकेको छ’, मर्दनियाले भने ।


१३ माघसम्म लगत संकलन पूरा गर्ने लक्ष्यसहित काम अगाडि बढाइएको कावासोतीका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिए ।


‘१७ वडा रहेको कावासोतीमा ७ वटा टोली बनाएर काम सुरु गरेका छौँ । आउँदो माघभित्रै सक्ने लक्ष्य छ’, प्रमुख प्रशासकीय अधिकृत पुरीले भने ।

 
कावासोतीमा कम्तीमा १० वर्षदेखि जग्गा भोगचलन गर्दै आएका अव्यवस्थित बसोबासी र जग्गासमेत नभएका सुकुम्बासीको लगत संकलन गरी जग्गा तथा लालपुर्जा वितरणका लागि लगत संकलन सुरु गरिएको हो ।

 
नगरपालिकाले लगत संकलन सुरु गरेलगत्तै कावासोतीका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू जग्गा र लालपुर्जा पाउनेमा आशावादी देखिएका छन् ।