close

मुख्यमन्त्री राईले गरे १५ सांसद निलम्बन

मुख्यमन्त्री राईले गरे १५ सांसद निलम्बन

Trulli
ADVERTISEMENT

मोरङ- प्रदेश १ मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका १५ जना प्रदेशसभा सदस्यलाई ३ महिनाका लागि निलम्बन गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल खेमाले प्रदेश १ को संसदीय दलको नेतामा आजै मात्र मुख्यमन्त्री शेरधन राईलाई हटाएर भीम आचार्यलाई चयन गरेको थियो । यही झोँकमा मुख्यमन्त्री राईले १५ जना प्रदेशसभा सदस्यलाई निलम्बन गरेका स्रोतको दाबी छ ।

निलम्बनमा पर्ने प्रदेश सांसदहरूमा प्रचण्ड-नेपाल खेमाका संसदीय दलका नेता भीमप्रसाद आचार्य, मन्त्री जीवन घिमिरे, बर्खास्त गरिएका मन्त्री इन्द्र आङ्बो, विजयकुमार विश्वास, लीलावल्लभ अधिकारी, सावित्राकुमारी रेग्मी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, उपेन्द्र घिमिरे, लछुमन तिवारी, मोहनकुमार खड्का, कुलप्रसाद साँवा, धीरेन्द्र शर्मा, टंक आङ्बुहाङ र कुसुमकुमारी श्रेष्ठ छन्।