close

१५ माघदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम

१५ माघदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम

Trulli
ADVERTISEMENT

काठमाडौं- निर्वाचन आयोगले आगामी १५ माघदेखि देशभरका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम संचालन गर्ने भएको छ ।

 

आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै १५ देखि २१ माघसम्म सबै स्थानीय तहमा रहेका केन्द्रबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम संचालन गर्ने जानकारी दिएको हो । आयोगले ५ पुस २०७७ सम्म १८ वर्ष उमेर पुगेका व्यक्तिहरूको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न लागेको जनाएको छ ।

 

आयोगले ६ पुसदेखि मतदाता नामावली दर्ता कार्य भने स्थगित गरेको छ ।

 

उक्त अवधिभित्र सम्बन्धित स्थानीय तहको केन्द्रमा गएर मतदाता नामावलीमा समावेश भएको आफ्नो विवरणमा रहेको त्रुटि सच्याउन आयोगले आग्रहसमेत गरेको छ । मृत्यु भएका वा बसाइँसराइ गएका वा दोहोरो नाम रहेका मतदाताके नाम हटाउन सूचना दिन तथा झूठा विवरण दिई कोही कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरुद्धमा उजुरी दिन पनि आयोगले आग्रह गरेको छ ।

 

सरकारले आगामी १७ र २७ वैशाखमा दुई चरणमा प्रतिनिधिसभाको मध्यावधि चुनाव गर्ने घोषणा गरेको छ ।