close

फ्रेन्डसिप फाउन्डेसनलाई नेपाल-बंगलादेश बैंकको सहयोग

फ्रेन्डसिप फाउन्डेसनलाई नेपाल-बंगलादेश बैंकको सहयोग

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपाल-बंगलादेश बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं महानगरपालिका वडा नम्बर- ३ पानीपोखरीस्थित फ्रेन्डसिप फाउन्डेसन नेपाललाई ३ लाख रुपैयाँ सहयोग स्वरूप हस्तान्तरण गरेको छ ।

 

सहयोग रकम फ्रेन्डसिप फाउन्डेसनले शिला रेग्मी (आत्रेय) सामुदायिक पुस्तकालय भवन निर्माणका लागि प्रयोग गर्नेछ । गोरखा केराबारी वडा नम्बर- १ मा निर्माण हुन लागेको पुस्तकालयले स्थानीय विद्यार्थीलगायत गाउँवासीलाई सहज रूपमा विभिन्न किसिमका पुस्तक उपलब्ध गराउनेछ । 

 

बैंकको प्रमुख कार्यालय कमलादी काठमाडौंमा भएको कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहले फ्रेन्डसिप फाउन्डेसनका अध्यक्ष प्रकाशबाबु पौडेललाई रकम हस्तान्तरण गरेका थिए ।