close

सीआईबीको नक्कली परिचयपत्र बनाउने गिरोह पक्राउ

सीआईबीको नक्कली परिचयपत्र बनाउने गिरोह पक्राउ

Trulli
ADVERTISEMENT
धनुषा- धनुषामा सिआइबीलगायतका नक्कली परिचय पत्र तथा स्टाम्प बनाउने गिरोह पक्राउ परेकाे छ। जिल्ला प्रहरी कार्यालय धनुषाले आज (शुक्रबार) पत्रकार सम्मेलनको आयोजना गरी सिआइबी लगायतका नक्कली परिचय पत्र तथा स्टाम्प बनाएको आरोपमा चार जनालाई पक्राउ गरेको जानकारी दिएको छ । 
 
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित सञ्चालनमा रहेको सिटी प्यालेस गेष्ट हाउस एण्ड फैमिली रेष्टुरेन्टमा हिजो (बिहीबार) अपराधिक गिरोहले सरकारी कागज दस्तखत छाप किर्ते गरी नक्कली कागजातहरु तयार गरिरहेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय धनुषाकाे टोलीले होटलको कोठा नम्बर १०६ बाट उनीहरुलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार वस्नेतले जानकारी दिए । 
 
पक्राउ पर्नेहरुमा भारत बिहार राज्य अररिया फाविशगंज घर भई मोरङ्गको विराटनगर उपमहानगरपालिका वडा नम्बर १ बस्ने राजकुमार साहुको २७ वर्षीय छोरा समिर साह, महोत्तरीको भङ्गहा नगरपालिका वडा नम्बर ९ बस्ने २१ वर्षीय छोरा आदित्य कुमार यादव, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने वर्षीय छोरा चन्दन साह र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२ बस्ने ५० वर्षीय छोरा रामचन्द्र साह छन् । 
 
उनीहरुको साथबाट प्रहरीले प्लास्टिकको ३ थान पेस्तोल, विभिन्न बैंक तथा कार्यालयहरुको ४० थान स्टाम्प, नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो लेखिएको प्रमाण पत्र एक थान, प्रभु बैंक, सिद्धार्थ बैंक, गरिमा विकास बैंक, मेगा बैंकको नगद जम्मा भौचर, नविल बैंकको क्यास डिपोजिट स्लिप, नेपाल रेल्वे कम्पनी लिमिटेडको ३ थान आवेदन फारम, विभिन्न बैंकहरुको खाली चेकबुकलगायतका सामग्रीहरु बरामद गरिएकाे प्रहरीले बताएकाे छ ।