close

दिनभरको पालिकाः युवालाई विनाधितो ऋण, बीमाले फेरियो कृषकको दिन (भिडियाे खबर)

दिनभरको पालिकाः युवालाई विनाधितो ऋण, बीमाले फेरियो कृषकको दिन (भिडियाे खबर)

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-९ गुफाडाँडामा जिल्ला समन्वय समिति राष्ट्रिय महासंघको आयोजनामा राष्ट्रिय जलवायु सम्मेलन, कार्यक्रममा जिल्ला समन्वय समिति र जनप्रतिनिधिको उल्लेख्य सहभागिता ।


२) कैलालीको गोदावरी नगरपालिका-४ स्थित सेती सामुदायक वनभित्र पर्ने चिसापानी खोलामा सडेको अवस्थामा युवकको शव फेला, घटनाबारे प्रहरीले थाल्यो अनुसन्धान ।


३) सर्लाहीको लालबन्दी नगरपालिका-१३ पत्थरकोटबाट लागूऔषधसहित दुई जना पक्राउ, पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका-५ का पवन महतो र अजयकुमार यादव ।


४) शिक्षक सरुवासम्बन्धी ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले गरेको निर्णय उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले गर्‍यो बदर, सरुवा भई हाजिर भइसकेका शिक्षकहरूका हकमा भने यो निर्णय लागू नहुने ।


५) बाजुराको बडिमालिका नगरपालिकाले ३२ परिवारलाई वितरण गर्‍यो सुधारिएको चुलो, नगरपालिकालाई धुवाँरहित बनाउने जनप्रतिनिधिको योजना ।


६) काभ्रेको बनेपा नगरपालिका र रोटरी क्लब अफ धुलिखेलबीच देविटार आधाभूत विद्यालय निर्माणका लागि सम्झौता, अब विद्यालयको भवन चिटिक्क बन्ने ।


७) युवाहरूको व्यवसाय थप व्यवस्थित गर्न सिन्धुलीको कमलामाई नगरपालिकाले बिनाधितो ऋण दिने, पहिलो चरणमा ६ जना युवाले पाए डेढ लाखदेखि २ लाख रुपैयाँसम्म ऋण ।


८) जिल्ला प्रशासन कार्यालय लमजुङको परिसरमा पालिका स्तम्भ पार्क निर्माण, पार्क निर्माण गर्न मध्यनेपाल नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग ।


९) पर्वतको जलजला गाउँपालिका-५ फलामेडाँडामा सामुदायिक स्वास्थ्य इकाइ स्थापना, दुर्गमका बासिन्दाले अब आधारभूत स्वास्थ्य सेवा पाउने ।


 १०) पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १२ र १३ मा जनता आवास कार्यक्रमअन्तर्गत १२ वटा घर निर्माण गरिने, पहिलो चरणमा मुसहर बस्ती र हरिजन टोलमा घर निर्माण हुने ।


११) रसुवाको आमाछोदिङ्मो गाउँपालिका-३, गत्लाङका आगलागीपीडितलाई होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशमा आबद्ध भएका व्यवसायीले गरे ४८ हजार रुपैयाँ सहयोग, आगोले लाखौँको धनमाल क्षति ।


१२) गाई काटेको आरोपमा काभ्रेको महाभारत गाउँपालिकाको आरुबोटबाट ६ जना पक्राउ, पक्राउ परेकाहरूमाथि जिल्ला प्रहरी कार्यालयले सुरु गर्‍यो अनुसन्धान ।


१३) बिचौलियामुक्त र सेवालाई छरितो बनाउन जिल्ला प्रशासन कार्यालय सिराहाद्वारा नागरिकता लिन टोकन प्रणाली लागू, चालू आर्थिक वर्षको पाँच महिनामा एक हजार आठ सय ३५ जनालाई नागरिकता वितरण ।


१४) रामेछाप नगरपालिकाले किसानलाई कृषि पेसातर्फ आकर्षित गर्न सुरु गर्‍यो एक घर एक पशु बिमा कार्यक्रम, बिमा कार्यक्रमले किसान आकर्षित ।


१५) ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले विद्यालयको लेखा परीक्षण गराई प्रतिवेदन पेस गर्न लेखा परीक्षकहरूलाई दियो निर्देशन, ६० दिनभित्र लेखा परीक्षण बुझाउनुपर्ने।


१६) रूपन्देहीको सैनामैना नगरपालिकामा सञ्चालन भइरहेका सहकारीलाई सहकारी व्यवस्थापन तालिम, तालिममा सैनामैनाका २३ वटा सहकारीका पदाधिकारी सहभागी ।


१७) पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा मौरीपालन पकेट क्षेत्र विस्तार कार्यक्रम सुरु, कृषि क्षेत्रमा नगरपालिकाले लगानी बढाएपछि किसान दंग ।


१८) खोटाङको खोटेहाङ गाउँपालिकाद्वारा एकैसाथ कृषिसँग सम्बन्धित ५ वटा र अन्य ४ वटा कार्यविधि गर्‍यो पारित, पिएचडी र एमफिल अध्ययन गर्ने विद्यार्थीलाई पालिकाले छात्रवृत्ति पनि दिने ।


१९) नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-३ का वडाध्यक्ष गोधन प्रसाद हरिजनले चढ्दै आएको लु १ प १९०८ नम्बरको सरकारी मोटरसाइकल चोरी, प्रहरीद्वार खोजी कार्य जारी ।


२०) बागमती प्रदेशको प्रदेशसभा माघ ७ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय ।