close

थिमिको ‘गन्तव्य मध्यपुर अभियान’

थिमिको ‘गन्तव्य मध्यपुर अभियान’

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले ‘गन्तव्य मध्यपुर अभियान’ सञ्चालन गरेको छ ।  पालिकाले थिमिलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने उद्धेश्यले अभियान सञ्चालन गरेको हो ।


ओस्ला नेपालको संयोजनमा शंखधर चोकबाट सुरु भएको पदयात्रा  बोडेको कुमारी मन्दिरमा पुगेर  सम्पन्न भएको थियो । कार्यक्रममा मध्यपुर थिमिभित्रका विभिन्न सम्पदाहरुको तस्विर सहितको जानकारी गन्तव्य मध्यपुर थिमि पर्यटकीय हाते पुस्तिका विमोचन गरिएको थियो ।


पदयात्रामा मध्यपुर थिमिको संस्कृति झल्काउने साँस्कृतिक नाच, झाँकीसहित दाफा भजनलाई विभिन्न डबलीमा प्रस्तुत गरिनुका साथै पुनर्निर्माण भएका ऐतिहासिक सम्पदा, पोखरी, पाटी, मन्दिर, पार्क तथा ढुंगेधाराको अवलोकन गरिएको थियो । कार्यक्रममा बिभिन्न साँस्कृतिक झाँकीहरुका साथै महाकाली,मञ्जुश्री, अष्टमात्रिका नाचलगायतका साँस्कृतिक प्रस्तुति प्रर्दशन गरिएको थियो ।


नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार नगर पर्यटकीय गन्तव्यको रुपमा तयार भएको सन्देश दिनको लागि पदयात्रा सञ्चालन गरेको जानकारी दिएका छन् । ‘हाम्रो धेरै सम्पदाको निर्माण तथा पुनर्निर्माण भइसकेको अवस्था छ,’ उनले भने, उपत्यकाका अरु नगरझैँ थिमि पनि पर्यटकको लागि एक गन्तव्यको रुपमा विकसित गर्नको लागि कार्यक्रम सञ्चालन गरेका हौँ ।’