close

आलीमा जब झलमल बिजुली बल्यो...

आलीमा जब झलमल बिजुली बल्यो...

Trulli
ADVERTISEMENT

सुर्खेत– सुर्खेतको सिम्ता गाउँपालिकामा सिम्ता उज्यालो कार्यक्रममार्फत गाउँबासीलाई विद्युत् पहुँचको सुविधा विस्तार गर्न थालिएको छ । गाउँपालिकाको वडा नम्बर ५ आलिमा विद्युत् लाइन सुचारु भएको छ । 


सिम्ता गाउँपालिका अध्यक्ष कवीन्द्रकुमार केसीले स्थानिय नागरिकको घरघरमा बत्ती बालेर विद्युत् विस्तारको उद्घाटन गरे । गाउँपालिका र विद्युत प्राधिकरण वितरण केन्द्रको साझेदारीमा बिजुली बालिएपछि गाउँ झिलीमिली भएको छ । वडा नम्बर ५ आलीमा २ सय ५० घरधुरीमा पहिलो पटक बत्ती बलेको हो ।

 

गाउँपालिकाको ३० लाख र अन्य सहयोग विद्युत् प्राधिकरणले गरेको हो । गाउँमा बत्ती पुगेपछि स्थानीय मोहन चन्दले खुसी व्यक्त गरे । सिम्ता उज्यालो कार्यक्रमअन्तर्गत प्रत्येक वडाहरूमा संघ, सामुदायिक विद्युतीकरण र सिम्ता गाउँपालिकाको साझेदारीमा काम अघि बढिरहेको छ ।


२०७८ असार मसान्तसम्म सबै काम सम्पन्न हुने लक्ष्य लिइएको अध्यक्ष केसीले जानकारी दिए । ‘सुरुमा सिम्ता उज्यालो कार्यक्रम नामकरण गरेर आयोजना अगाडि बढाएका थियौँ । यो योजना सफल हुँदै छ’, अध्यक्ष केसीले भने ।