close

ग्लोबल आइएमई बैंकले मनायो १४ औँ वार्षिकोत्सव 

ग्लोबल आइएमई बैंकले मनायो १४ औँ वार्षिकोत्सव 

Trulli
ADVERTISEMENT

काठमाडौं- ग्लोबल आइएमई बैंक शनिबारदेखि स्थापनाको १४औँ वर्ष प्रवेश गरेको छ । बैंकको हाल चुक्ता पुँजी करिब १९ अर्ब रुपैयाँ (प्रस्तावित १४ प्रतिशत बोनसपछि करिब २१ अर्बभन्दा बढी) र सञ्चित कोष गरी प्राथमिक पुँजी २७ अर्ब २४ करोड रुपैयाँ, कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपैयाँ र कुल कर्जा २ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ । 

 

अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको बैंकले जनाएको छ ।


१४ औँ वार्षिकोत्सव अवसरमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि ग्राहकलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ सेवा प्रदान गर्न थप सहज भएको बताए ।

 

अध्यक्ष ढकालले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर/एक्विजिसनपछि बैंकको पुँजीमा वृद्धि भई प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि, बैंकको वित्तीय, मानव-संशाधन, प्राविधिक एवं अन्य क्षमता बढेको जानकारी दिए ।

 

कोभिड-१९ को महामारीमा पनि सेवाग्राहीलाई निरन्तर सेवा दिएकाले बैंक तथा वित्तीय संस्थाप्रति सर्वसाधारणको विश्वास रहेको धारणा राखे । 


नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका ढकालले महामारीको समय व्यवसाय र व्यवसायीलाई विभिन्न किसिमका सहुलियत र छुट दिँदै बैंक व्यवसायीको संकटको सारथि बनेको बताए ।

 

‘विश्व महामारीको जटिल समयमा बैंकहरूले राष्ट्र बैंकको निर्देशनबमोजिम निजी क्षेत्रले उठाउँदै आएको कर्जाको किस्ता र ब्याज तिर्ने समयसीमा बढाएर, ब्याजमा छुट दिएर निजी क्षेत्रको संकटको सारथि बनेर काम गरे । यसले संकटका बेला फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ भन्ने सन्देश दिएको छ’, ढकालले भने ।


बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्यले विभिन्न मर्जर तथा एक्विजिसनपछि अहिले ग्लोबल आइएमई बैंक मुलुककै उत्कृष्ट र मजबुत बनेको बताए । उनले बैंकलाई ७७ वटै जिल्लामा पुर्‍याउने गरी काम भइरहेको जानकारी दिए । 


हाल ७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकका २ सय ६४ शाखा, २ सय ४० एटीएम, २ सय ४३ शाखारहित बैंकिङ सेवा, २४ एक्सटेन्सन काउन्टर, एउटा सीडीएस क्लियरिङ काउन्टरसहित, २३ राजस्व कलेक्सन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ७ सय ९७ सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।