close

चितवन र दाङमा एभरेष्ट बैंकको शाखा विस्तार

चितवन र दाङमा एभरेष्ट बैंकको शाखा विस्तार

Trulli
ADVERTISEMENT

काठमाडौं- एभरेष्ट बैंकले चितवनको नारायणगढस्थित हाकिमचोकमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगी र नेपाल उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संयुक्त रूपमा हाकिमचोक शाखा उद्घाटन गरेका हुन् ।


कार्यक्रममा बैंकका सीईओ नेगीले हाकिमचोक क्षेत्रका बासिन्दालाई अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले शाखा विस्तार गरिएको बताए । 


बैंकले घोराहीको दाङमा पनि शाखा विस्तार गरेको छ । घोराहीस्थित शाखा उद्घाटन बैंकका सहायक महाप्रबन्धक केशव पौडेल र घोराही उप-महानगर प्रमुख नरुलाल चौधरीले संयुक्त रूपमा गरे ।

 

बैंकका हाल विभिन्न स्थानमा १ सय शाखा, प्रादेशिक कार्यालय, ३१ वटा सरकारी राजस्व संकलन काउन्टर, १ सय ३२ एटीएमसहित बैकिङ सुविधा प्रदान गर्दै आएको छ ।