close

सिटिजन्स बैंक इन्टरनेसनलका थप दुई शाखारहित सेवा

सिटिजन्स बैंक इन्टरनेसनलका थप दुई शाखारहित सेवा

Trulli
ADVERTISEMENT

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनलले दुर्गम स्थानका बासिन्दालाई अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले इलामको चिसोपानी, पञ्चमी बजार र काठमाडाैंको चोभारमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।

 

दुई स्थानमा थप गरिएका संजालसहित बैंकका शाखारहित सेवा १०६ पुगेका छन् ।

 

बैंकले सेवा सञ्चालनका लागि क्रमशः पञ्चमी बजारमा राममाया सम्बाम्फे र चोभारमा सुरेन्द्र केसीलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ ।


शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानीलगायत सेवा उपलब्ध गराउनेछ ।


बैंकले हाल १०९ वटा शाखा, ९८ वटा एटीएममार्फत बैंकिङ सुविधा दिँदै आएको छ ।