close

स्थानीयको शेयरमा तिलोत्तमाको रिङरोडमा रेल

स्थानीयको शेयरमा तिलोत्तमाको रिङरोडमा रेल

Trulli
ADVERTISEMENT

रूपन्देही– प्रधानमन्त्री केपी शर्मा ओलीको पानी जहाज र रेल संचालन गर्ने बारम्बारको भनाइलाई तिलोत्तमा नगरपालिकाले नगरमै रेल संचालन गरेर प्रधानमन्त्रीको योजनालाई सार्थक बनाउने भएको छ ।


रूपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थानीयकै लगानीमा रेल संचालन हुने भएको हो । नगरपालिकाभित्रको ५२ किलोमिटर रिङरोडमा रेल संचालनका लागि तयारी गरिएको छ । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले एक कार्यक्रमका बीच चक्रपथ ट्राम रेलवेको डीपीआर उदघाटनसमेत गरेका छन् । तिलोत्तमा पब्लिक रेलवे कम्पनीले ५२ किलोमिटर रिङरोडमा रेल संचालन गरिने योजना बनाएको छ ।


ट्राम रेलवेको डीपीआर उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख घिमिरेले पब्लिक शेयरमा संचालन हुने रेलका लागि नगरपालिकाले सहयोग गर्नेे प्रतिबद्धता व्यक्त गरे ।


रेलवे निर्माणमा आउने बाधा अड्चन फुकाउन र सक्दो आर्थिक सहयोग गर्न नगरपालिका तयार रहेको बताउँदै नगरप्रमुख घिमिरेले भने, ‘पब्लिक शेयरका कारण रेलवे तोकिएकै समयमा सम्पन्न हुन्छ र रेल पनि संचालन हुनेछ ।’


नगरप्रमुख घिमिरेले २ वर्षभित्र योगी कुटीदेखि रोहिणी नदीको जलाशयसम्मको १४ किलोमिटर सडकमा रेल संचालन हुने बताए ।


तिलोत्तमा पब्लिक रेलवे कम्पनीका प्रबन्धक तथा नेपाल रेलवे कम्पनी जनकपुरका पूर्वमहाप्रबन्धक भोला शर्माले नगरपालिकाको समन्वयमा नगरपालिकाले भनेअनुसार रेल संचालन गरिने बताए । रेल संचालन भएपछि सडकमा कुनै अवरोध नहुने, कोलाहाल पनि नहुने र वातावरणमा पनि कुनै असर नपर्ने महाप्रबन्धक शर्माले बताए । ट्राम पर्यटकीय रेल भएकाले मानव वस्तीलाई कुनै अवरोध नहुने र सडकमा समस्या हँंदा बे्रक लगाएर पनि यो रेल रोक्न सकिने बताए ।


रेल संचालनका लागि बाटो, पैसा र रेल कहाँबाट ल्याउने भन्ने प्रमुख समस्या भए पनि तिलोत्तमा नगरका लागि कुनै ठूलो  समस्या नरहेको दाबी महाप्रबन्धक शर्माको छ ।


तिलोत्तमा नगरपालिका वडा नं.– २ का अध्यक्ष दधिराम गौतम, तिलोत्तमा पब्लिक रेलवे कम्पनी लिमिटेडका उपाध्यक्ष हरि तिवारीले रेल संचालनमा सबैको सहयोग र सल्लाह आवश्यक पर्ने बताए ।


मुनस्टार इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि दाङले रेलवे निर्माणको ठेक्का पाएको छ । अबको ७ देखि ८ महिनाभित्र डीपीआर सम्पन्न हुने बताइएको छ । रेल संचालका लागि अनुमानित ७ अर्ब रूपैयाँ लाग्ने रेलवे कम्पनीका अध्यक्ष बाबुराम अर्यालले बताए । अहिलेसम्मको अनुमानित बजेट भएकाले निर्माणको चरणमा थपघट हुन सक्छकम्पनीले बताएको छ । ५२ किलो मिटरको दूरीमा संचालन गरिने रेलका लागि १७ वटा स्टेसनसमेत निर्माण हुनेछन् ।