close

हिमपात र पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

हिमपात र पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

Trulli
ADVERTISEMENT

जुम्ला– माथिल्लो कर्णालीका विभिन्न जिल्लामा गएराति देखि हिमपातसँगै परेको पानीले सडकमा ढुङ्गा खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोट जिल्लाको तिला गुफानगरपालिकाको बालीघाटस्थित कर्णाली राजमार्गमा ठुलो ढुङ्गा खसेपछि सडक अवरोध भएको हो ।

 

सडकमा ढुङ्गा खसेपछि सवारी आवतजावतमा समस्या भएको बालिघाटस्थित छाप्रे प्रहरी चौकीका असई खगिराम थारु मगरले जानकारी दिए । वर्षातका कारण सडक माथिबाट खसेको ठुलो ढुङ्गाले सडक अवरुद्ध हुनुको साथै एक स्थानीयको घर समेत भत्किएको छ । तर घर भत्किदा मावनीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।


सडक अवरुद्ध हुँदा जुम्ला सुर्खेत र सुर्खेत–जुम्ला आउने जाने ठुला तथा साना सवारी साधनहरूको रोकिएका छन् । ढुङ्गा पन्छाएर सडक सुचारु गर्न आवश्यक मेसिनसहित जनशक्ति बालिघाटतर्फ पठाएको सडक डिभिजन जुम्लाका प्रमुख लीला बहादुर भण्डारीले जानकारी दिए ।

 

उनकाअनुसार कर्णाली राजमार्गका भिर पाखामा अधिकांश समय सुक्खा पहिरो गइरहन्छ ।  पहिरो पन्छाउन मेसिनसहित जनशक्ति खटाइसकिएकाले केही घण्टामा राजमार्ग खुल्ने प्रमुख भण्डारीले जानकारी दिए ।