close

१२ घण्टाका २० खबरः मोदीले बनायो लोगो, ७० कटेपछि ब्ल्याङ्केटको पोको (भिडियाे खबर)

१२ घण्टाका २० खबरः मोदीले बनायो लोगो, ७० कटेपछि ब्ल्याङ्केटको पोको (भिडियाे खबर)

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) बालविवाह रोक्न बाजुराको बुढीनन्दा नगरपालिकाले सुरु गर्‍यो अभियान, पुजारी र पुरोहितहरूसँग ३ बुँदे सम्झौता ।

 

२) जुम्लाको पातारासी गाउँपालिका विद्युतमा आत्मनिर्भर, जिल्लाकै पहिलो उज्यालो पालिका घोषणा गर्ने तयारी ।

 

३) स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ, प्रहरीले सुरु गर्‍यो अनुसन्धान ।

 

४) हुम्लाको विभिन्न स्थानमा हिमपात, हिमपात भएसँगै चिसो बढेपछि जनजीवन प्रभावित, विमान सेवासमेत अवरुद्ध ।

 

५) पर्वतको मोदी गाउँपालिकाको आफ्नै लोगो तयार, राम्जा देउरालीका कृष्णप्रसाद शर्माले बनाएको लोगो उत्कृष्ट ।

 

६) प्रदेश १ सरकारले ६९ वटा स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम संचालन गर्ने, विराटनगरमा समुदायमा आधारित ४५ दिने पुनर्स्थापना सहजकर्ता तालिम सुरु ।

 

७) कालीकोटको नरहरिनाथ गाउँपालिका- ९ का दुर्गाराज बोहोरा र जाजरकोट भेरी नगरपालिका- २ का पदमबहादुर पुन विस्फोटक पदार्थसहित पक्राउ, पक्राउ परेका व्यक्ति र सरसामान सार्वजनिक ।

 

८) ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाको हिउँदे अधिवेशन सुरु, बेरुजु फर्छ्योट मुख्य एजेण्डा ।

 

९) खोटाङको जन्तेढुंगा गाउँपालिका- २ बोपुङमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना, अब वडावासीले गाउँमै उपचार पाउने ।

 

१०) स्याङ्जाको आँधीखोला गाउँपालिकाद्वारा कृषकलाई ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्र्याक्टर वितरण, दोस्रो चरणमा थप २५ जना किसानले पाउने ।

 

११) काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ एमएमको पेस्तोल र पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ, पक्राउ पर्नेमा झापा मेचीनगर- २ का बद्रीहाङ राई ।

 

१२) जुम्लाका जनप्रतिनिधि छुई गोठमुक्त गर्ने अभियानमा, तातोपानी गाउँपालिकाको हाँकुगाउँ छुई गोठमुक्त ।

 

१३) चिसो बढेसँगै बझाङको थलारा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट वितरण गर्न सुरु गर्‍यो, पहिलो चरणमा ४० जनाले पाए ब्ल्याङ्केट ।

 

१४) तनहुँको बन्दीपुर गाउँपालिकाको कार्यालयमा राखियो डिजिटल नागरिक बडापत्र, पालिकाको सेवालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने अभियान ।

 

१५) बैतडीको सिगास गाउँपालिका- ९ बाँजपानीमा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाइते ।

 

१६) उदयपुरको बेलका नगरपालिकाले कोसी माविमा अध्ययनरत ४५ जना छात्रालाई दियो साइकल, साइकलले विद्यार्थीलाई आवतजावत गर्न सहज ।

 

१७) इलामको सूर्योदय नगरपालिकाको हिलेमा पिलर गाड्न खोज्ने भारतीय सीमा सुरक्षा बलको टोलीलाई स्थानीयले लखेटे, नयाँ नेतृत्व आएपछि पिलर गाड्ने प्रयास ।

 

१८) कैलालीको धनगढी उपमहानगरपालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोगको इकाइ कार्यालय स्थापना, उपमहानगरपालिकामा रहेका भूमिहीन सुकम्बासी र अव्यवस्थित बसोवासीको पहिचान र लगत संकलन गरिने ।

 

१९) कैलालीको बर्दगोरिया गाउँपालिका- ४ का नैनबहादुर कठरिया गैँडाको खागसहित पक्राउ, कठरियामाथि प्रहरीले थाल्यो अनुसन्धान ।

 

२०) दाङको तुलसीपुरबाट घोराही आउँदै गरेको ना६ख १८१४ नम्बरको बस ग्वार खोलामा दुर्घटना हुँदा १९ जना यात्रु घाइते ।