close

सियारीमा लघु उद्यम विकास कार्यक्रम सुरु

सियारीमा लघु उद्यम विकास कार्यक्रम सुरु

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको सियारी गाउँपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । कार्यक्रम गाउँपालिकाका वडा नं. ४, ५, ६ र ७ मा संचालन गरिनेछ । 


गाउँपालिकामा रहेका अतिविपन्न, गरिबीको रेखाभित्र परेका, सीमान्तकृत, दलित, एकल महिला, कोरोनाबाट प्रभावित तथा वैदेशिक रोजगारबाट फर्किएका महिला–पुरुषहरूलाई सो तालिम प्रदान गरिने गाउँपालिकाका उद्यम विकास सहजकर्ता यशोदा थापाले  बताइन् ।  यस कार्यक्रमले आयआर्जनमा टेवा पुग्ने थापाको भनाइ छ ।


यो उद्यम कार्यक्रममा टोल विकास संस्थाले आफ्ना टोलका २/२ जना महिला र पुरुष छनोट गर्नेछन् । उनीहरूलाई तालिम दिइनेछ । उनीहरूमध्ये एउटा वडाबाट २० जना उद्यमी पालिकाबाट छनोट गरिनेछ । पालिकाभर ८० जना हुन्छन् । 


यस वर्ष उनीहरूलाई गाउँपालिकाले उद्यमी बनाउनेछ । कार्यक्रमका बीच वडा नं.- ६ बाट यस कार्यक्रमको सुरुवात गरिएको छ । कार्यक्रमको वडा नं.- ६ का वडा अध्यक्ष शेरबहादुर गुरुङको अध्यक्षतामा सुरु गरिएको हो । 


कार्यक्रमको सुरुवात गर्दै वडा अध्यक्ष गुरुङले गाउँपालिकाले योजनाबद्ध तरिकाले विकास निर्माणका साथै जीवनस्तर उठाउने खालका कार्य गरिरहेकोे बताए । उनले भने, ‘हामी निर्वाचित भएपछि नयाँ बाटो बनाएका छौँ । बाटो पिच गरेका छौँ ।

 

तालिम, रोजगारी, शिक्षा सुधारका कार्यक्रम ल्याएका छौँ । कृषि क्षेत्रका उत्पादनका लागि कार्य गरेका छौँ । यसलाई जारी राख्छौँ ।’