close

सरकारले रोक्यो शिक्षकको जिल्लान्तर सरुवा 

सरकारले रोक्यो शिक्षकको जिल्लान्तर सरुवा 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- सरकारले शिक्षकहरूको जिल्लान्तर सरुवा रोकेको छ । शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक व्यवस्थापन समन्वय शाखाले देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै अर्को सूचना जारी नभएसम्म शिक्षकको जिल्लान्तर सरुवा रोक्का गरिएको जनाएको हो ।

 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाका अनुसार शिक्षक दरबन्दी मिलान भइरहेको र यो कार्य सम्पन्न गर्न अझै केही समय लाग्ने हुँदा जिल्लान्तर सरुवा रोक्का गरिएको छ । 

 

केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई लेखेको पत्रमा शिक्षक सेवा अयोगबाट स्थायी पदपूर्तिका लागि जिल्लागत विवरणसमेत प्राप्त भएकाले शिक्षक दरबन्दी मिलानका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पूर्वअनुमतिमा गरिने जिल्लान्तर सरुवाबाहेक सबै तह र श्रेणीका शिक्षकको जिल्लान्तर सरुवा रोकिएको उल्लेख गरेको छ ।