close

११ जनप्रतिनिधि र २ अधिकृतलाई राष्ट्रपतिको पुरस्कार

११ जनप्रतिनिधि र २ अधिकृतलाई राष्ट्रपतिको पुरस्कार

Trulli
ADVERTISEMENT

संविधान दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानयि तहका जनप्रतिनिधि र कर्मचारीलाई पदक तथा विभुषण प्रदान गरेकी छन् । 

 

विभिन्न क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने ५ सय ९४ जना कर्मचारी, पेशाकर्मी र नागरिक विभुषित हुदा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी भने १३ जना परेका छन् । 
 
राष्ट्रपतिवाट पदक पाउनेमा ढोरपाटन नगरपालिका, वागलुङका प्रमुख देव कुमार नेपाली, खाँदवारी नगरपालिका, संखुवासभाका प्रमुख मुरारी खतिवडा छन् । 

 

विनादेवी राईले पनि सम्मान प्राप्त गरेकी छन् । उनी  दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका, खोटाङकी उपप्रमख हुन् ।

 

अदामचुली गाउँपालिका, हुम्लाका अध्यक्ष दल फडेरा, सुन्दर हरैचा नगरपालिका, मोरङकी उपप्रमुख धनमाया तामाङ पनि विभुषित भएका छन् । 

 

दमक नगरपालिका झापाकी उपप्रमुख गीता अधिकारी र प्रमुख प्रशाशकीय अधिकृत गणेश प्रसाद तिमल्सिनपनि विभूषित भएका छन् । 

 

सोलु दुधकुण्ड नगरपालिका सोलुखुम्बुकी उपप्रमुख कल्पना राई,  वुढी नन्दा नगरपालिका बाजुराकी उपप्रमुख सृष्टि रेग्मीपनि विभुषित हुने सूचिमा परेका छन् । 

 

त्यसैगरी बुटवल उपमहानगरपालिका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, आँधीखोला गाउँपालिका–६ स्याङजाका वडा अध्यक्ष कृष्ण प्रसाद ढकाल, काठमाडौं महानगरपालिका–४ का वडा अध्यक्ष मोहन विष्ट, महानगरकै वडा १० का वडा अध्यक्ष दिपक केसीपनि राष्ट्रपतिबाट बिभूषित भएका छन् ।