close

स्थापना नै नभएको बैंकबाट भत्ता बाँड्दै गाउँपालिका !

स्थापना नै नभएको बैंकबाट भत्ता बाँड्दै गाउँपालिका !

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- पालिका केन्द्रमा अहिलेसम्म बैंक पुग्न नसकेको ताप्लेजुङको एक मात्र गाउँपालिका मिक्वाखोलाको वडा नम्बर ५ पापुङले सेञ्चुरी बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । 


देशभित्रका सेञ्चुरी बैंकका जुनसुकै शाखामा पनि खाता खोलेर त्यसको जानकारी वडापालिकालाई दिने सेवाग्राहीलाई वडाले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत भुक्तानी दिने निर्णय भएको वडाध्यक्ष डण्डु शेर्पाले दिए ।

 

सामाजिक सुरक्षा बैंकमार्फत मात्र भुक्तानी गरिने भनिए पनि त्यहाँ अहिलेसम्म बैंक पुगेकै छैन । नियमानुसार मिक्वाखोलाको केन्द्र थलङसाँवामा सेञ्चुरी बैंकले सेवा सुरु गर्नुपर्नेछ ।

 

सेञ्चुरीले गाउँपालिकाको केन्द्रमार्फत सेवा दिने गरी यसअघि नै बैंक तोकिसकेकाले वडाभित्रका नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता बैंकका जुनसुकै शाखामार्फत उपलब्ध गराउने तयारी भएको वडाध्यक्ष शेर्पाले बताए । 

 

सरकारले १ मंसिर २०७८ देखि मिक्वाखोलाले अनिवार्य सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्नुपर्ने निर्देश गरिसकेको छ । सरकारले दिएको समयसीमाअगावै पापुङले सामाजिक सुरक्षा भत्ता अनिवार्य बैंकमार्फत मात्र भुक्तानी हुने व्यवस्था गरेको हो ।