close

जुम्लाका ओली पक्षीय ‘एक्ला बृहस्पति’

जुम्लाका ओली पक्षीय ‘एक्ला बृहस्पति’

Trulli
ADVERTISEMENT

जुम्ला–जुम्लामा एक नगरपालिका र सात गाउँपालिका गरी ८ वटा स्थानीय तह छन् । ८ स्थानीय तहमध्ये तीन गाउँपालिकाको प्रमुख/उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए भने चार गाउँपालिकामा नेकपाका प्रमुख/उपप्रमुख जनप्रतिनिधि थिए । चन्दननाथ नगरपालिकामा भने प्रमुख नेपाली काँग्रेस र उपप्रमुख नेकपा जनप्रतिनिधि छन् ।


सत्तारुढ दल नेकपाका नेताहरु दुई खेमामा विभाजित भएपछि तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले मात्र प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली खेमामा लागेका छन् ।


उनी  तत्कालीन नेकपा एमालेमा हुँदापनि ओली धारमै थिए । अध्यक्ष योगी संसद विघटनपछि भएको केन्द्रीय समिति विस्तारमा सदसयमा पनि परेका छन् ।

 

नेकपाको तर्फबाट गुठीचौर गाउँपालिकाको प्रमुखमा हरिबहादुर भण्डारी, उपप्रमुखमा जानदेवी ऐडी, हिमाको प्रमुखमा रजबहादुर शाही, उपप्रमुखमा हिमाली रोकाया, तातोपानीको प्रमुखमा नवराज न्यौपाने, उपप्रमुखमा गंगादेवि उपाध्याय, र तिला गाउँपालिकाको प्रमुखमा रतननाथ योगी उपप्रमुखमा विष्णु बुढा निर्वाचित जनप्रतिनिधि हुन् ।


यस्तै चन्दननाथ नगरपालिकाको उपप्रमुखमा पनि नेकपा तर्फबाट अप्सरादेवी महत निर्वाचित छन् । चन्दननाथ नगरपालिकाको प्रमुखमा कान्तिका सेजुवाल र कनकासुन्दरी गाउँपालिकाको प्रमुखमा नरविर रावत, उप्रमुखमा उर्मिला भण्डारी, सिंजा गाउँपालिकाको प्रमुखमा देवलसिंह रावल, पातारासी गाउँपालिकाको प्रमुखमा लछिमन बोहरा, उप्रमुखमा पुन्नकली महतारा दुवै पदमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

 

त्यस्तै सिंजा गाउँपालिका उपाध्यक्षमा जन्मकन्या खत्री तत्कालीन नेकपा एमाले पार्टीबाट निर्वाचित भएकी हुन् । उनले अहिले आफु निर्वाचन आयोगको फैसला कुर्दै दुवै धारमा नरहेको बताइन् । निर्वाचन आयोगको निर्णयपछि पार्टीको सुर्य चिन्ह जुन पक्षसँग हुन्छ आफु त्यही हुने उनकाे भनाइ छ ।

 

हिमाका ६ वडाध्यक्ष प्रचण्ड–नेपाल खेमामा

 

जुम्लाको सिंजा भेगको हिमा गाउँपालिका ७ वडामा विभाजित छ । ७ वडामध्ये ५ नम्बर वडामा मात्रै नेपाली कांग्रेसबाट निर्वाचित छन् । अन्य सवै वडा नेकपाकै तर्फबाट निर्वाचित वडाध्यक्ष छन् ।


गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित यहाँका ६ वडाका वडाध्यक्ष प्रचण्ड–नेपाल खेमामा लागेका छन् ।


ओलीले संविधान विपरित संसद विघटन गरी आमजनतालाई भड्खालोमा हालेको भन्दै प्रचण्ड नेपाल पक्षमा रहेर  खबरदारी गर्दै आएको उनले दाबी गरे ।