close

ढकिया बुन्न सिक्दैछन् राप्तीका गृहणी

ढकिया बुन्न सिक्दैछन् राप्तीका गृहणी

Trulli
ADVERTISEMENT

दाङ- दाङको राप्ती गाउँपालिका वडा नम्बर ६ ले ढकिया बुनाइ तालिममार्फत वडाका महिलालाई स्वरोजगार बनाउन सुरु गरेको छ ।


६ नम्बर वडाले गत १ पुसदेखि सुरु गरेको परम्परागत सीप हस्तान्तरणका लागि ढकिया बुनाइ तालिम सम्पन्न भएको हो ।
 

दाङ देउखुरीका थारु जातिले प्रयोग गर्ने लोपोन्मुख सुपली, नुइया, ढकिया, डेलवा, भौका बनाउने सीप हस्तान्तरण गर्न परम्परागत सामग्री संरक्षणका लागि ढकिया बुनाइ तालिममा २६ किसिमका सामग्री बनाउन सिकाइएको थियो ।
 
वडा नम्बर ६ ले यो आर्थिक वर्षमा सीप तथा आयस्तर वृद्धि कार्यक्रमअन्तर्गत भगवानपुर, सगरापुर, बगरापुर, मझेरिया र पत्थरगढवा गाउँका ६१ जना महिलालाई तालिम दिएको छ । 


वडा नम्बर ६ का वडाध्यक्ष वेदप्रसाद चौधरी, गाउँपालिका उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, वडा नम्बर ७ का वडाध्यक्ष विद्याशरण चौधरी, कार्यपालिका सदस्य ताराकुमारी चौधरीलगायतले तालिमबाट स्वरोजगार बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।