close

रेसुंगाको बगाले खोलामा नमुना झोलुंगे पुल

रेसुंगाको बगाले खोलामा नमुना झोलुंगे पुल

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मी सदरमुकाम रेसुंगा नगरपालिकाको वडा नम्बर ७ र ९ जोड्ने झोलुंगे पुल निर्माण हुने भएको छ । २ वडाको बीचमा पर्ने बगाले खोलामा नमुना झोलुंगे पुल निर्माण सुरु भएको हो । 

 

२ वडाका स्थानीय वारपार गर्न र वडा नम्बर ९ का स्थानीयलाई नगरपालिकासँगै बजार आउजाउमा सहज बनाउने उद्देश्यले पुल निर्माण गर्न लागिएको रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए ।

 

वडा नम्बर ७ भजुेलखर्कका नागरिकले बजार झर्न पौने घन्टाको घुमाउरो बाटो तय गर्नुपर्ने बाध्यता छ । झोलुंगे पुलको रेसुंगा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले शिलान्यास गरे । नगरप्रमुख भुसालले नमुना झोलुंगे पुलको काम समयमै सक्न र गुणस्तरीय बनाउन आग्रह गरे ।

 

‘झोलुंगे पुलले स्थानीयलाई आउजाउ सहज बनाउनुका साथै बजार नजिक भएकाले पर्यटकीय दृष्टिकोणले पनि उपयुक्त हुनेछ’, स्थानीय रमेश पन्थीले भने, ‘पुलमा फोटो खिचेर मनोरञ्जन गर्नेको घुइँचो लाग्नेछ ।’ 


झोलुंगे पुल निर्माणका लागि सामाजिक तथा प्राविधिक सहयोग सिर्जनशील सामुदायिक विकास केन्द्र गुल्मीले गरेको छ । कुल ५० लाख ६६ हजार ७७ रुपैयाँको लागतमा पुल निर्माण हुन लागेको सिर्जनशील सामुदायिक विकास केन्द्र गुल्मीका सबइन्जिनियर डिल्लीराज खनालले जानकारी दिए ।


‘क्षेत्रगत कार्यक्रमअन्तर्गत ९२ प्रतिशत, रेसुंगा नगरपालिकाको ६ र उपभोक्ता समितिको २ प्रतिशत श्रमदानमार्फत पुल निर्माण हुनेछ’, खनालले भने । पुल निर्माणका लागि हेल्मेटार नेपाल (टीभीएसयू) ले लट्टा सहयोग गर्नेछ । विद्युत चोक-बगाले खोला-भुजेल खर्क जोड्ने पुलको लम्बाइ १ सय १८ मिटर रहेको छ । 

 

पुल निर्माणका लागि २८ असोज २०७७ मा रेसुंगा नगरपालिका र उपभोक्ता समितिबीच सम्झौता भएको थियो । सम्झौताअनुसार पुल १ वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ ।