close

५ महिनापछि थिमिबासीका हातमा सामाजिक सुरक्षा भत्ता

५ महिनापछि थिमिबासीका हातमा सामाजिक सुरक्षा भत्ता

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका स्थानीयले ५ महिनापछि सामाजिक सुरक्षा भत्ता पाएका छन् । आर्थिक वर्ष २०७७/७८ को पहिलो किस्ता कात्तिक मसान्तसम्म पाउनुपर्ने भए पनि ५ महिना पछि पाएका हुन् ।

नगरबाट सामाजिक सुरक्षा भत्ता लिने नागरिकको संख्या ३ हजार ७ सय ७९ छ । उनीहरूका लागि सामान्य प्रशासन मन्त्रालयले पहिलो चौमासिकमा ३ करोड ९८ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । 

 

सोही रकम बैंक खातामार्फत सेवाग्राहीलाई वितरण गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत चुडामणि पन्थीले जानकारी दिए । 

 

नगरको सामुदायिक विकास तथा वातावरणीय सरसफाइ शाखाकी कृष्णा श्रेष्ठले कुल लाभग्राहीमध्ये २ हजार ४ सय ४१ जना ज्येष्ठ नागरिक र बाँकी १ हजार ३ सय ३८ जना एकल महिला रहेको जानकारी दिइन् । 

 

नगर प्रमुख मदनसुन्दर श्रेष्ठ र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालबीचको विवादले लाभग्राहीको भत्ता रोकिएको थियो ।