close

आजको पालिकाः दाङमा नदी खन्न छुट, पालिकामा किन भयो फुट ? (भिडियो खबर)

आजको पालिकाः दाङमा नदी खन्न छुट, पालिकामा किन भयो फुट ? (भिडियो खबर)

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
 

१) काठमाडौं महानगरपालिका र मेलम्ची नगरपालिकाबीच अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापनाका लागि समझदारी-पत्रमा हस्ताक्षर, अब मेलम्चीमा सिटी पार्क निर्माण हुने ।

 

२) राजीनामा प्रकरणमा मुछिएकी मकवानपुरको मनहरि गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टको सबै सुविधा खोसियो, विष्टको कार्यकक्षको कागजपत्र फालियो, नेमप्लेट पनि हटाइयो ।

 

३) चितवनमा चोरीका मोटरसाइकलसहित चोरीमा संलग्न गिरोह पक्राउ, जिल्ला प्रहरी कार्यालय चितवनले चोरीमा संलग्न चार जनालाई गर्‍यो सार्वजनिक ।

 

४) काठमाडौंको टोखा नगरपालिकाले तीन हजार व्यक्तिको निःशुल्क एन्टिजेन परीक्षण गर्ने, आगामी आइतबारदेखि एन्टिजेन परीक्षण सुरु गर्ने नगरको निर्णय ।

 

५) रसुवाको पासाङल्हामु राजमार्गअन्तर्गत धुञ्चे-स्याफ्रु सानुभार्खु तथा याङयाङ क्षेत्रको सडक मर्मत कार्य सुरु, आवतजावतमा सहज हुने ।

 

६) चितवनमा गैंडाको आक्रमणबाट एक जना महिलाको मृत्यु, मृत्यु हुनेमा रत्ननगर नगरपालिका-७ बस्ने ४२ वर्षीया माया तामाङ ।

 

७) दाङमा नदीजन्य पदार्थ उत्खनन खुला, विकास निर्माण अवरुद्ध भएको भन्दै जिल्ला अनुगमन समितिको बैठकले गर्‍यो खुलाउने निर्णय ।

 

८) भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै विद्यालय आगामी माघ १ गतेदेखि पूर्णरुपमा सञ्चालन हुने, विद्यार्थीको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता ।

 

९) स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्रको स्थापना, अब नगरवासीले उपचार सहजै पाउने ।

 

१०) कैलालीको घोडाघोडी नगरपालिकाद्वारा अपांगता भएका व्यक्तिहरूलाई कम्बल वितरण, २७ जनाले पाए कम्बल ।

 

११) विकास निर्माणको काममा लागेको स्काभेटरमा आगो लगाएर क्षति पुर्‍याई फरार रहेका एक व्यक्ति रौतहटबाट पक्राउ, पक्राउ पर्नेमा गुजरा नगरपालिका-६ का २८ वर्षीय रुस्तम लहेरी ।

 

१२) जंगलमा सिकार खेल्न गएका एक युवक झापाको कचनकवल सामुदायिक वनबाट दुई वटा भरुवा बन्दुकसहित पक्राउ, पक्राउ पर्नेमा कचनकवल गाउँपालिका ७ का मनीष माङमु ।

 

१३) उदयपुरको रौतामाई गाउँपालिका-७ मुर्कुचीस्थित छौड्या खोला किनारमा बेहोस अवस्थामा भेटिएका एक युवाको उपचारको क्रममा मृत्यु, मृतक त्रियुगा नगरपालिका -१६ का २७ वर्षीय वीरबहादुर मगर रहेको खुलासा ।

 

१४) धनकुटाको छथर जोरपाटी गाउँपालिकाले अपांगता भएका व्यक्तिहरूलाई गाउँमै पुगेर बाँड्न थाल्यो परिचय-पत्र, ६ वटै वडामा शिविर चलाएर परिचयपत्र वितरण ।

 

१५) सुर्खेतको गुर्भाकोट नगरपालिका-८ मा मेहेलकुना आँखा अस्पताल निर्माण हुने, नगरप्रमुख हस्त पुनले गरे अस्पतालको शिलान्यास ।

 

१६) हिमपातले चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा आवतजावत बन्द, चिसो बढेपछि त्यस क्षेत्रको जनजीवन प्रभावित ।

 

१७) हुम्लाकोे खार्पुनाथ गाउँपालिकाद्वारा खर्पेलगाउँ स्वास्थ्य चौकीलाई उपकरण र स्वास्थ्य सामग्री प्रदान, सामग्री पाएपछि अस्पतालको सेवा गाउँमै ।

 

१८) सिन्धुपाल्चोकको विपद् संकटग्रस्त क्षेत्र जुगल गाउँपालिकाका लिदीलगायतका जोखिममा रहेका दुई बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको सिफारिस, एक सातासम्म जुगलका चार जोखिम बस्तीको स्थलगत अध्ययन ।

 

१९) पर्वतको बिहादी गाउँपालिकामा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि पूर्वाधार निर्माण सुरु, नियमित प्याराग्लाइडिङ उडान गर्नका लागि आवश्यक प्रक्रिया गाउँपालिकाले तत्काल अघि बढाउने ।

 

२०) सर्लाहीमा आफैंले चलाएको मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु, मृत्यु हुनेमा रामनगर गाउँपालिका-२ का रामएकबाल राय यादव ।