close

प्रचण्ड–माधव खेमाले बनाए पालिकास्तरीय संघर्ष समिति

प्रचण्ड–माधव खेमाले बनाए पालिकास्तरीय संघर्ष समिति

Trulli
ADVERTISEMENT

धनुषा– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले धनुषामा आन्दोलन चर्काउन पालिकास्तरीय संघर्ष समिति गठन गरेको छ ।

 

प्रधानमन्त्री केपी ओलीले हठात् प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रचण्ड–नेपाल समूहको नेकपाले धनुषाको दर्जनभन्दा बढी स्थानीय तहमा आन्दोलनका लागि संघर्ष समिति गठन गरेको हो ।

 

धनुषाका १८ स्थानीय तहमध्ये १५ वटा पालिकामा १ सयदेखि ५ सय सदस्यीय रहेको आन्दोलन संघर्ष समिति गठन गरिएको नेकपा धनुषाका सचिव दीपक यादवले जानकारी दिए ।

 

संघर्ष समिति गठनका लागि नेकपाको प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य तथा आन्दोलन संघर्ष समिति प्रदेश २ का संयोजक सुधीर साह, केन्द्रीय सदस्य रामचन्द्र झा, धनुषा इन्चार्जसमेत रहेका श्रवण यादव बरबरिया, केन्द्रीय सदस्य श्रीप्रसाद साह, केन्द्रीय सदस्य रत्नेश्वरलाल गोइत, केन्द्रीय सदस्य बोधमाया यादवलगायत नेताहरू सक्रिय भएका छन् ।

 

केन्द्रीय सदस्य रामचन्द्र झाको अगुवाइमा कमला नगरपालिकामा देवचन्द्र यादवको संयोजकत्व र कपिलदेव मनरैतको सह–संयोजकत्वमा २ सय ५० सदस्यीय, विदेह नगरपालिकामा राजकिशोर यादवको संयोजकत्व तथा महिन्द्र रामको सह– संयोजकत्वमा ३ सय सदस्यीय संघर्ष समिति गठन भएको सचिव दीपक यादवले बताए ।

 

यस्तै, नेता झल्कु यादवको पहलमा धनुषाधाम नगरपालिकामा भगवानदत साहको संयोजकत्व तथा परीक्षण यादवको सह–संयोजकत्वमा १ सय ५० सदस्यीय, केन्द्रीय सदस्य बोधमाया यादवको पहलमा गणेशमान चारनाथ नगरपालिकामा महेश यादवको संयोजकत्व र पुरश्रीतम लामाको सह–संयोजकत्वमा ३ सय सदस्यीय संघर्ष समिति गठन भएको छ ।

 

धनुषा सचिव दीपक यादवको पहलमा हंसपुर नगरपालिकामा सुशील साहको संयोजकत्व र सुनील यादवको सह–संयोजकत्वमा २ सय ५० सदस्यीय समिति, मिथिला बिहारी नगरपालिकामा प्रदीप साहको संयोजकत्व एवं सुरेश मण्डल र सञ्जय शर्माको सह–संयोजकत्वमा २ सय ५१ सदस्यीय समिति, बटेश्वर गाउँपालिकामा नेता देवसागर दास र नेतृ तारा महतोको पहलमा रामखेलावन महतोको संयोजकत्व र कुसे महतोको सह–संयोजकत्वमा २ सय ५ सदस्यीय संघर्ष समिति गठन गरिएको छ ।

 

यसैगरी प्रचण्ड–नेपाल समूहको नेकपाले सहिदनगर नगरपालिकामा केन्द्रीय सदस्य श्रवण यादव बरबरिया तथा नगरप्रमुख उदय बरबरियाको पहलमा तनुलाल यादवको संयोजकत्व र रामदियाल यादवको सह–संयोजकत्वमा ५ सय सदस्यीय समिति, धनौजी गाउँपालिकामा मोमिद राईनको संयोजकत्वमा २ सय सदस्यीय संघर्ष समिति गठन गरिएको छ ।

 

केन्द्रीय सदस्य श्रीप्रसाद साहको पहलमा मुखियापट्टी गाउँपालिका पनि शिवकुमार झाको संयोजकत्व तथा फकिर साहको सह–संयोजकत्वमा २ सय सदस्यीय समिति र लक्ष्मीनिया गाउँपालिकामा चनरदीप यादवको पहलमा सूर्यदेव यादवको संयोजकत्व तथा सत्यनारायण यादवको सह–संयोजकत्वमा १ सय ५१ सदस्यीय आन्दोलन संघर्ष समिति गठन भएको सचिव यादवले जानकारी दिए ।

 

त्यसैगरी सबैला नगरपालिकामा केन्द्रीय सदस्य सुधीर साहको पहलमा विष्णुदेव यादवको संयोजकत्व र पर्शुराम साह, विजय साह, सेराग राइनलगायतको सह–संयोजकत्वमा २ सय ५१ सदस्यीय संघर्ष समिति गठन गरिएको छ ।


धनुषा सदरमुकामसमेत रहेका प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका, जनकनन्दनी गाउँपालिका, नगराईन नगरपालिका, मिथिला नगरपालिकामा आन्दोलनका लागि संघर्ष समिति गठन गर्न बाँकी रहेकाले छिट्टै सबै पालिकामा संघर्ष समिति गठन गरिने सचिव यादवले बताए ।