close

पर्यटकीय स्थलको एकीकृत सूची तयार गर्दै मैवाखोला 

पर्यटकीय स्थलको एकीकृत सूची तयार गर्दै मैवाखोला 

Trulli
ADVERTISEMENT

प्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाभित्रका पर्यटकीय स्थलको सम्भाव्यता अध्ययन गरी एकीकृत सूची तयार गर्ने भएको छ ।

 

पर्यटकीय स्थल पहिचान, सम्भाव्यता अध्ययन तथा स्थलगत सर्भे गरी एकीकृत सूची तयार गरिने गाउँपालिका अध्यक्ष राजनकुमार थत्लुङले जानकारी दिए । ‘सोही आधारमा मुख्य-मुख्य पर्यटकीय स्थलको प्रचार-प्रसारका लागि बिभिन्न सामग्री प्रकाशन तथा वितरण गर्ने गाउँपालिकाको योजना छ’, उनले भने ।

 

पर्यटन क्षेत्रबाट रोजगारी सिर्जना गर्न र स्थानीय उत्पादनलाई पर्यटकीय बजारमा जोड्न गाउँपालिकाले विशेष योजना बनाउने अध्यक्ष थत्लुङले बताए ।

 

पालिकाका पर्यटकीय स्थलको एकीकृत सूची तयार गरी पर्यटन बजारमा लगिनेछ भने पर्यटन बजारमा खपत हुने श्रमशक्तिसमेत स्थानीय नै प्रयोग गर्ने गरी योजना तयार पारिनेछ । गाउँपालिकाले तयार पार्ने पर्यटन गुरुयोजनाका आधारमा पर्यटन क्षेत्रलाई प्राथमिकीकरण गर्ने योजनासमेत मैवाखोलाले बनाएको छ ।

 

गाउँपालिकामा पर्यटन क्षेत्रका प्रशस्त सम्पदा भएकाले पर्यटकका लागि रोजाइका केन्द्रको प्राथमिक सूची पर्यटन गुरुयोजनामार्फत तय गरिनेछ । पर्यटकको बसाइ लम्ब्याउने नीति तय गर्ने योजना गाउँपालिकाले बनाएको छ । 

 

पर्यटकका लागि घरबास (होमस्टे) योजना र आन्तरिक उत्पादनको उपभोगलाई विशेष प्राथमिकता दिएर पालिकाभित्रका उत्पादनलाई खपत गरिने अध्यक्ष थुत्लुङको भनाइ छ ।