close

पालिकाभरलाई पुग्ने विद्युत उत्पादनमा जुट्यो भूमे गाउँपालिका

पालिकाभरलाई पुग्ने विद्युत उत्पादनमा जुट्यो भूमे गाउँपालिका

Trulli
ADVERTISEMENT

रुकुम (पूर्व)– भूमे गाउँपालिकाले एक मेघावाट जलविद्युत उत्पादन गर्ने भएको छ । एक मेघावाट जलविद्युत उत्पादनको लागि अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को लागि सर्भे काम सुरु गरिएको छ ।

 

गत आर्थिक वर्षमा गाउँपालिकाले एक मेघावाट जलविद्युत उत्पादनको लागि लुकुम खोला र थबाङ खोलामा पूर्व सम्भाव्यता अध्ययन गरेको थियो । यसले कम लागतमा सुरक्षित स्थानमा जलविद्युत उत्पादन हुने देखिएपछि काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिए ।


एक मेघावाट जलविद्युत उत्पादन भएमा गाउँपालिकाका सबै बस्तीमा विद्युतको पहुँच भइ बाहिर बिक्री गरेर  गाउँपालिकाको आय स्रोत वढ्ने अध्यक्ष बुढाले बताए ।  


गाउँपालिकाले १९ लाख ३० लाख रुपैयाँमा डीपीआरको लागि टेन्डर आह्वान गरेकोमा डिजायर इन्जिनियरिङ कन्सलटेन्सीले १३ लाख ६१ हजार रुपैयाँमा ठेक्का पारी डीपीआरको काम शुरु गरेको गाउँपालिकाका सब–इन्जिनियर सन्तोष घर्ती मगरले बताए ।  

 

ढिलोमा चैत अन्तिमसम्म डीपीआर तयार हुने र डीपीआर तयार भए लगत्तै जलविद्युत निर्माणको लागि टेन्डर आह्वान गरेर एक मेघावाट जलविद्युत उत्पादनको काम यस आर्थिक वर्ष देखि नै शुरु गरिने सब–इन्जिनियर घर्तीले जानकारी दिए ।