close

आगामी वर्ष थप २५९ स्थानीय तहमा अस्पताल बन्ने, सरकारले तोक्यो पालिका

आगामी वर्ष थप २५९ स्थानीय तहमा अस्पताल बन्ने, सरकारले तोक्यो पालिका

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा स्तरोन्नति हुने स्वास्थ्य संस्थाका लागि सम्बन्धित स्थानीय तहका कार्यपालिकाको निर्णयबाट छनोट गरी जिल्ला समन्वय समितिको सिफारिससहितको पत्र मन्त्रालयमा पठाउन देशभरका २ सय ५९ स्थानीय तहलाइ परिपत्र गरेको छ ।

 

यसअघि यस्तो रकम देशभरका २६४ पालिकाले पाइसकेका छन् । स्थानीय तहले यो विवरण आउँदो फागुन मसान्तसम्म पठाइसक्नुपर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले अस्पताल निर्माणका लागि तोकिएको मापदण्डबमोजिमको जग्गा व्यवस्थापन गरी पठाउन पनि स्थानीय तहलाई भनेको छ ।

 

मन्त्रालयले आगामी आर्थिक बर्ष २०७८/०७९ मा भवन निर्माणको बजेट व्यवस्था गर्ने गरी चालू आर्थिक वर्षमै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि लागत सहभागितामा बजेट पठाउने गरी निर्णय भएको छ ।

 

मन्त्रालयका तथ्यांक अधिकृत सूर्यबहादुर खड्काका अनुसार अस्पताल नभएका स्थानीय तहमा आगामी आवमा ५÷१०÷१५ शय्याका आधारभूत अस्पताल निर्माण सुरु गरिनेछ ।