close

जीवन मै पहिलो पटक डाक्टर गाउँ छिरेपछि (भिडियो खबर)

जीवन मै पहिलो पटक डाक्टर गाउँ छिरेपछि (भिडियो खबर)

ADVERTISEMENT

म्याग्दी– विकट र दुर्गम क्षेत्र म्याग्दीको धौलागिरि गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलोपटक चिकित्सक पुगेका छन् । गाउँपालिकाले ताकममा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि चिकित्सक नियुक्त गरेको हो ।

 

कोरोनाका बिरामी नभएको अवस्थामा चिकित्सकलाई गाउँगाउँमा लगेर बिरामी पहिचान, उपचार र स्वास्थ्य सचेतना फैलाउने गाउँपालिकाको तयारी छ । पहिलो पटक गाउँपालिकामा चिकित्सक आएकोमा स्थानीयवासी खुसी भएका छन् ।


म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिकामै नियमित बसेर सेवा दिने गरि पहिलो पटक चिकित्सक पुगेका हुन् । धवलागिरी गाउँपालिकाले ताकममा सञ्चालन गरेको कोरोना अस्पतालका लागि चिकित्सक नियुक्त गरेपछि स्थानीयवासीमा खुसीयाली छाएको छ ।


चिकित्सक आएसँगै गाउँपालिकाले ताकममै ५ शैया क्षमताको अस्पताल सञ्चालन गर्ने निर्णय गरेपछि स्थानीयवासीमा खुसीयाली छाएको छ । कोरोना अस्पताललाई साधारण अस्पतालमा रुपान्तरण गर्ने गाउँपालिकाको तयारीले स्थानीयवासी उत्साहित भएका छन् ।


खासमा नियमित बसेर सेवा दिने गरेर चिकित्सक पहिलोपटक आएका हुन् । पुष ७ गते सम्पन्न विशेष गाउँसभाबाट ताकममा ५ शैया क्षमताको अस्पताल स्थापना गर्ने निर्णय गरेको धवलागिरी गाउँपालिकाले अस्पतालका उपकरण खरिद गर्न बजेट व्यवस्थापनका साथै एम्बुलेन्स समेत सञ्चालनको तयारी गरेको छ । कोरोनाका बिरामी नभएकोले चिकित्सक र स्वास्थ्यकर्मी गाउँ गाउँमा पुगेर बिरामी पहिचान, उपचार र स्वास्थ्य सचेतना फैलाउन थालेका छन् ।


कुल सात करोड १३ लाख रुपैयाँ लागत अनुमान गरिएको अस्पताल भवनको बहुबर्षे ठेक्का प्रक्रियाको तयारी गरिएको गाउँपालिकाले जनाएको छ । अस्पताल भवन निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गाउँपालिकालाई चालु आर्थिक वर्षमा ७० लाख रुपैयाँ पठाएको छ ।


६६ लाख रुपैयाँ लागत अनुमान गरिएको चार कोठे वडा कार्यालय भवन निर्माणका लागि डोप्पो कन्ट्रक्सनले ४७ लाख रुपैयाँमा ठेक्का लिएको छ । २०७८ वैशाख महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको वडा कार्यालय भवन निर्माणमा जिल्ला समन्वय समितिले तीस लाख रुपैयाँ उपलब्ध गराएको छ । बाँकी लागत गाउँपालिकाले ब्यहोर्ने भएको छ ।