close

प्रचण्ड-माधव खेमाले ताप्लेजुङबाट पठायो प्रधानमन्त्रीलाई संविधान 

प्रचण्ड-माधव खेमाले ताप्लेजुङबाट पठायो प्रधानमन्त्रीलाई संविधान 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- नेपाल कम्युनिस्ट पार्टीको पुष्पकमल दाहाल-माधव नेपाल खेमाले ताप्लेजुङ प्रशासन कार्यालयमार्फत नेपालको संविधान, २०७२ को भाग ७ धारा ७६ का विभिन्न बुँदामा उल्लेखित प्रावधान अध्ययनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएको छ ।


नेकपा जिल्ला अध्यक्ष विजयप्रकाश वनेमले नेपालको संविधान, २०७२ को भाग ७ धारा ७६ को १, २, ३, ४, ५, ६ र ७ सम्मका बुँदा अध्यनका लागि प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंमार्फत प्रधानमन्त्री ओलीलाई पढ्न पठाइएको बताए ।


ती बुँदामा प्रतिनिधिसभा विघटन संवैधानिक व्यवस्थाविपरीत हुने देखिएकाले प्रधानमन्त्री ओलीलाई संविधान बुझाउन नेपालको संविधान, २०७२ को भाग ७ धारा ७६ का विभिन्न बुँदामा उल्लेखित प्रावधान पठाइएको अध्यक्ष वनेमले जानकारी दिए ।


अध्यक्ष वनेमसहित सचिव तथा प्रदेशसभा सांसद बमबहादुर साम्सोहाङ, प्रदेश कमिटीका सदस्यहरू, जिल्ला पार्टी कार्यालयका सदस्यहरू तथा सचिवालय तथा जिल्ला कमिटीका नेतासमेत कार्यक्रममा सहभागी थिए ।