close

१२ घण्टाका २० खबरः चरेसले पुर्‍यायो प्रहरी फन्दामा, उत्खनन बढ्यो बूढीगंगामा (भिडियो खबर)

१२ घण्टाका २० खबरः चरेसले पुर्‍यायो प्रहरी फन्दामा, उत्खनन बढ्यो बूढीगंगामा (भिडियो खबर)

Trulli
ADVERTISEMENT

१) १० महिनादेखि बन्द रहेका काठमाडौं महानगरपालिकाका विद्यालयमा १ माघदेखि पठनपाठन हुने, महानगरले स्वास्थ्य मापदण्ड लागू गरेर विद्यालय खोल्ने ।


२) ललितपुरको गोदवरी नगरपालिकामा रहेको वाणी विलास माध्यमिक विद्यालयको नयाँ भवन निर्माण हुने, नगरप्रमुख गजेन्द्र महर्जनले गरे भवनको शिलान्यास ।


३) खोटाङको बराहपोखरी गाउँपालिकाले नियुक्त गर्‍यो कृषि तथा पशु सेवा प्राविधिक, २ जना कार्यालय सहयोगीका लागि ५१ जनाको आवेदन ।


४) आगामी वर्ष थप २५९ स्थानीय तहमा अस्पताल बन्ने, सरकारले तोक्यो पालिका, संघीय मन्त्रालयद्वारा स्थानीय तहलाई अस्पताल बन्ने स्थान टुंगो लगाएको विवरण आउँदो फागुन मसान्तसम्म पठाउन निर्देशन ।


५) सर्लाहीको ईश्वरपुर नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्र र कोभिड अस्पतालका लागि करारमा कर्मचारी भर्ना गर्ने, इच्छुकलाई १५ दिनभित्र दरखास्त दिन नगरपालिकाले खुलायो विज्ञापन ।


६) खोटाङको केपिलासगढी गाउँपालिका- १ फेदीमा एकैसाथ वडा कार्यालय र स्वास्थ्यचौकीको भवन उद्घाटन, अब सेवाग्राहीलाई सहज हुने ।


७) अछामको बूढीगंगा नदीमा मापदण्डविपरीत बालुवाजन्य वस्तु उत्खनन, नदी वरपरका वस्तीमा जोखिमको त्रास ।


८) रुकुमपूर्वको भूमे गाउँपालिकाले १ मेघावाट जलविद्युत उत्पादन गर्ने, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का लागि सर्भे सुरु ।


९) स्वास्थ्य कार्यालयको आयोजनामा नवलपरासी पूर्वका ८ वटै पालिकाका १२ र जिल्ला अस्पताल गरी १३ स्थानमा निःशुल्क स्थायी बन्ध्याकरण शिविर संचालन गरिने, शिविर ७ देखि २९ माघसम्म संचालन हुने ।


१०) रूपन्देहीको बुटवल गोलपार्क सडक विस्तार हुने, सर्वोच्चले दियो अतिक्रमण हटाउने अनुमति ।


११) नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिकाको अमानीगंज गाउँ र पृथ्वी आदर्श वस्ती जोड्ने नदीमा पक्की पुल बन्ने, संघीय सांसद देवेन्द्रराज कँडेलले गरे पुलको शिलान्यास ।


१२) म्याग्दीको मालिका गाउँपालिका- ७ बिमवासीका लागि आवास पुनर्निर्माण सुरु, स्वदेश तथा विदेशमा रहेका बिमवासीले जग्गा खरिदका लागि आर्थिक स्रोत जुटाए ।


१३) पर्साको वीरगंजबाट १०७ किलो चरेससहित एक जना पक्राउ, पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका- ११ बस्ने ३४ वर्षीय रविन तामाङ ।


१४) भक्तपुरको चाँगुनारायण नगरपालिकाले महिला लक्षित सीपमूलक तालिम संचालनमा ल्याउने, ३०० भन्दा बढी महिलाले कार्यक्रममा सहभागी हुन पाउने ।


१५) प्युठानको मल्लरानी गाउँपालिकाद्वारा घर आँगनमै  पुगेर अपांगता परिचयपत्र वितरण, गाउँघरमै सेवा पाउँदा स्थानीय खुसी ।


१६) दोस्रो विवाह गरेको आरोपमा एक जोडी सप्तरीबाट पक्राउ, पक्राउ पर्नेमा कञ्चनरूप नगरपालिका- ६ का ३५ वर्षीय इब्राहिम मियाँ र ३२ वर्षीया हसिना खातुन ।


१७) दाङको राप्ती गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना, अब आयुर्वेदिक पद्धतिद्वारा पालिकावासीले निःशुल्क उपचार पाउने ।


१८) पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले सुरु गर्‍यो सामाजिक सुरक्षा तथा व्यक्तिगत घटनाको अनलाइन अभिलेखीकरण, अभिलेख खोज्न र सेवाग्राहीलाई थप सहज ।


१९) पुरातत्त्व विभागले काभ्रेको पाँचखाल नगरपालिकामा सम्पदा लक्षित ‘जियोफिजिकल सर्भे’ गर्ने, पाँचखाल र जनकपुरमा जियोफिजिकल सर्भेका लागि जनशक्ति तथा आर्थिक व्यवस्थापनको तयारी ।


२०) र, इलामको माङ्सेबुङ गाउँपालिका- २ भोटेडाँडामा ना३ख २०५ नम्बरको ट्रक दुर्घटना हुँदा पाँचथरको मिक्लाजुङ गाउँपालिका बस्ने ३५ वर्षीय किरण राईको मृत्यु ।

हेर्नुहोस् भिडियो