close

नवलपुरमा खुल्यो कृषि ज्ञान केन्द्र 

नवलपुरमा खुल्यो कृषि ज्ञान केन्द्र 

Trulli
ADVERTISEMENT

नवलपरासी- पूर्वी नवलपरासीको नवलपुरमा कृषि ज्ञान केन्द्रको जिल्ला कार्यालय खुलेको छ ।

 

यसअघि कृषि ज्ञान केन्द्र तनहुँले सम्पर्क कार्यालय स्थापना गरेर नवलपुरलाई हेर्दै आएको थियो । जिल्लामै कार्यालय खुलेपछि यहाँका कृषकलाई तनहुँ जानुपर्ने बाध्यता हटेको छ ।

 

गण्डकी प्रदेशको २७ कात्तिकको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशका ११ वटै जिल्लामा कृषि ज्ञान केन्द्र खोल्ने निर्णय गरे पनि नवलपुरमा भने बल्ल स्थापना भएको हो ।

 

नवलपुर सदरमुकाम कावासोतीमा कार्यालय स्थापना गरिएको छ । कार्यालय खुले पनि औपचारिक उद्घाटन भने हुन नसकेको कार्यालय प्रमुख गोपाल लामिछानेले बताए ।