close

महिलालाई आत्मनिर्भर बनाउँदै चाँगुनारायण

महिलालाई आत्मनिर्भर बनाउँदै चाँगुनारायण

Trulli
ADVERTISEMENT

भक्तपुर-  भक्तपुरको चाँगुनारायण नगरपालिकाले महिला लक्षित सीपमूलक तालिम सञ्चालनमा ल्याउने भएको छ । 

 

नगरपालिकाका अनुसार पालिकाभित्र बसोबास गर्ने एकल, आर्थिक तथा सामाजिक रूपमा पिछडिएका महिलालाई प्राथमिकता राखी तालिम सञ्चालन गरिन लागेको हो । 

 

सिलाइ-कटाइ, ढाका बुनाइ, हस्तकला तथा बेतबाँस बनाउने, मखमली जुत्ता बनाउने, मन्टेश्वरी लगायत स्थानीय महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गरिनेछ । 

 

नगर उपप्रमुख वीणा बाँस्तोलाका अनुसार नगरपालिकाका सबै वडाका ३ सयभन्दा बढी महिलाले कार्यक्रममा सहभागी हुन पाउनेछन् । उनले भने, ‘तालिमका लागि सबै वडा कार्यालयमा सूचना पठाइसकेका छौँ ।’

 

तालिमका लागि करिब ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रमुख बास्तोलाले जानकारी दिइन् । 

 

वडा नम्बर ५ का वडाध्यक्ष जयन्द्र खड्काका अनुसार नगरपालिकाले कार्यालयमा पठाएको पत्रको आधारमा तालिमका लागि नामावली संकलन गरिनेछ । सोही आधारमा वडा कार्यालयले नाम छनोट गरी सिफारिस गरी पठाउनेछ ।