close

सडक सञ्जालसँग जोडिदै पापुङ, नयाँ वर्षमा गाउँमै गाडी 

सडक सञ्जालसँग जोडिदै पापुङ, नयाँ वर्षमा गाउँमै गाडी 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- मिक्वाखोला गाउँपालिकाको वडा नं ५ पापुङ पनि अब सडक सञ्जालको पहुँचमा जोडिने भएको छ । 


गाउँपालिकाले फुङ्फुङ्गे झरनाबाट पापुङसम्म जाने मोटरबाटो निर्माण गर्न निर्माण कम्पनीसँग सम्झौता गरेपछि पापुङपनि सडक सञ्जालमा जोडिने भएको हो । 


सम्झौता अनुसार फुङ्लिङ नगरपालिका वडा नं ४ मा रहेको हिमालयन् कन्ट्रक्सनले ३४ लाख ७२ हजार ६८२ रुपैंयाको लागतमा मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाको फुङ्फुङ्गे देखि वडा नं ५ को पापुङसम्मा जाने सडक निर्माण गर्ने भएको छ । 


सडक निर्माणका लागि आवहन भएको बोलपत्र अनुसार पालिकामा रीत पूर्वक दर्ता हुन आएका बोलपत्र मध्ये हिमालयन् कन्ट्रक्सनको बोलपत्र न्यून मूल्याङ्कित र सारभूत रुपमा प्रभावग्राही समेत देखिएकोले सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा (२) र (३) बमोजिम स्वीकृत गरी निर्माणको जिम्मा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले जानकारी दिए । 


करिव ३ किलोमिटर लामो मोटरबाटो निर्माणको कार्य हिमालयन् कन्ट्रक्सनले आगामी चैत मसान्त सम्ममा पूरा गर्नुपर्ने दायित्व रहेको गाउँपालिकाका सव इञ्जिनियर गजेन्द्र थलङले जानकारी दिए ।