close

घटना दर्तालाई डिजिटाइजेसन गर्दै सिरिजंघा

घटना दर्तालाई डिजिटाइजेसन गर्दै सिरिजंघा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले घटना दर्ता डिजिटाइजेसनका लागि आवश्यक उपकरण खरिद प्रक्रिया अगाडि बढाएको छ । 


नगरबासीलाई सहज रूपमा सेवा प्रवाह गर्न गाउँपालिकाले प्रशासनिक कार्यलाई डिजिटल प्रक्रियामा लैजाने निर्णय गरेको हो ।

 

यस प्रक्रियाबाट शब्द, चित्र तथा ध्वनि डिजिटल स्वरूपमा प्रविष्ट भएर बस्छन् । डिजिटाइज प्रविधि जडानपछि डाटा हेर्न, प्रयोग गर्न, भण्डारण गर्न, स्थानान्तरण गर्न, जानकारी लिन, प्राप्त गर्न, पुनः प्राप्त गर्न सकिनेछ ।

 

जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्ध बिच्छेदसम्वन्धी घटनालाई डिजिटाइजेसन गर्न परार्मश सेवा खरिद प्रक्रिया अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । 

 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागअन्तर्गत व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सुदृढीकरण आयोजनाको वार्षिक कार्यक्रम कार्यतालिकाअनुरूप सेवा खरिद गरिने भएको हो ।

 

डिजिटाइजेसनसम्बन्धी परार्मश सेवा बिक्री गर्न चाहनेले फर्म, संस्था वा कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि, भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपि, आवश्यक जनशक्ति र उपकरणको विवरणसहित गाउँपालिकामा आवेदन दिनुपर्नेछ ।